हाइड्रोपावरको बाटो सर्वे गर्ने क्रममा पहिरोमा परी तीन जना घाइते
दोलखा : दोलखाको विगु गाउँपालिका– १ हुरहुरेमा सानीमा हाइड्रोपावर कम्पनीको बाटो सर्वे गर्ने क्रममा माथिबाट पहिरो खसेर तीन जना कर्मचारी घाइते भएका छन् ।
घाइते हुनेमा हाइड्रोका सबइन्जिनियर सुनिल न्यौपाने, विशाल बुढाथोकी र सन्दीप चौलागाईं रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।
घाइतेमध्ये सुनिल न्यौपानेको टाउकोमा गम्भीर चोट लागेकाले उपचारका लागि काठमाडौं रेफर गरिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !