दोलखाको विगु पहिरोमा परेर घाइते भएका न्यौपानेको मृत्यु
दोलखा : विगु गाउँपालिका–१ हुरहुरेमा पहिरोमा परी घाइते भएका ३ जनामध्ये १ जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते भएका छन् । बुधबार दिउँसो सानीमा हाईड्रो जाने सडक सर्भे गर्ने क्रममा माथिबाट झरेको पहिरोमा परेर नुवाकोट विदुर नगरपालिका–४ का २९ वर्षीय सुनिल न्यौपानेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पहिरोमा परी टाउकोमा गम्भीर चोट लागेका सुनिल न्यौपानेलाई हेलिकोप्टरमार्फत हेम्स अस्पताल काठमाडौं लगिएको भए पनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते रामेछाप लिखु तामाकोसी गाउँपालिका–४ का विशाल बुढाथोकी र सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१ का सन्दिप चौलागाईं गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
घाइतेहरु ३ नै जना सानीमा हाइड्रोपावर कम्पनीको कर्मचारी रहेको पनि प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !