खोलामा डुबेर बेपत्ता युवकको शव भेटियो
नुवाकोट : नुवाकोटको उत्तरपुर्वी भेगमा रहेको तादीखोलामा डुबेर बेपत्ता युबक शव फेला परेको छ। दुप्चेश्वर गाउँपालिका- ६ गौडापुलस्थित तादी खोलाको दहमा डुबेर शुक्रबार बेपत्ता भएका काठमाडौंको टोखा नगरपालिका- ३ का १८ वर्षीय उत्सव श्रेष्ठको शव फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
प्रहरीका अनुसार उनी साथीहरूसँग तादी खोलाको दहमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका श्रेष्ठको शव दुप्चेश्वर- ५ बालकुमारी किनारमा घोप्टो परेको अवस्थामा फेला परेको हो ।
शव पोष्टमार्टमका लागि नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा राखिएको छ । उनको खोजी कार्यमा आफन्त, सर्वसाधारण तथा सुरक्षाकर्मी परिचालन भएको प्रहरी नायव उपरीक्षक विक्रम लामाले जानकारी दिए । शव फेला परेपछि कानुनी प्रक्रिया पूरा गरी परीक्षणको लागि त्रिशूली अस्पताल पठाइएको डीएसपी लामाको भनाई छ ।
प्रतिक्रिया दिनुहोस !