प्यासले छट्पटिँदै मधेस (फोटो फिचर)
काठमाडौं : कुनै बेलामा मधेसमा पानी फालाफाल हुन्थ्यो। नदीमा कलकल पानी बग्थ्यो। पोखरी, इनार, कुवा, दह भरीभराउ हुन्थ्यो। मधेसलाई के भयो भयो, फागुनयता पिउने पानीको हाहाकार भएको छ। नदी निर्जल भए, इनार, कुवा, दह सुके। अन्नको भण्डार मधेसमा साउनको पहिलो सातासम्म ४६ प्रतिशतमात्रै रोपाइ भइको छ। वर्षात नहुँदा सिँचाई गरेर रोपिएको रोपो पनि सुकेर पराल बन्दै छ।
अहिले मधेसबासी पानीका लागि भगवान् गुहारिरहेका भेटिन्छन्। पानी माग्दै गाउँहरूमा दिनहुँ पूजाआजा, महायज्ञ लगाउने क्रम बढेको छ। पानी तर, आकाशबाट सीप लागेको छैन। प्यास मेटाउने पानी र छाक टार्ने अन्नको खेती गर्न सिँचाईको खोजीमै मधेसबासीको दैनिकी वितिरहेको छ। पाँच फिटमा पाइने पानी ४ सय फिटभन्दा तल तल पुगेको छ।
खडेरीले मधेसको समग्र कृषि प्रणाली नै बिथोलिएको छ। धान, तरकारी, मकै, फलफूललगायतको खेतीमै समस्या थपिएको छ। कतै सरकारले टयांकरहरूबाट गाउँमा पानी वितरण गर्दै छ भने कतै नयाँ पानीको मुहान खोजिँदैछ।
तस्बिरहरू : राजकरण महतो
























प्रतिक्रिया दिनुहोस !