बाजुरामा जीप दुर्घटना, दुईजनाको घटनास्थलमै मृत्यु, १५ घाइते

बाजुरामा जीप दुर्घटना, दुईजनाको घटनास्थलमै मृत्यु, १५ घाइते
फाइल तस्बिर।
सुन्नुहोस्

बाजुरा : हिमाली गाउँपालिका- ५ किउडीबाट धुलाचौरका लागि छुटेको जीप टुनीगडामा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।  कम्तिमा १५ जना बढी घाइते भएको प्रहरीले जनाएको छ। 

मृत्यु हुनेमा हिमाली गाउँपालिका- ५ की ७६ वर्षीया बाजा रोकाया र सोही गाउँकी ७५ वर्षीया विजौरा रोकाया रहेका छन्। उनीहरूको घटनास्थलमै मृत्यु भएको स्थानीय अमलाल कार्कीले जानकारी दिएका छन् ।

किउडीबाट धुलाचौरका लागि छुटेको शाही ट्राभल्सको बा प्र।०३००१ ज ०३३८ नम्बरको जीप दुर्घटना भएको बताइएको छ।  जिल्ला प्रहरी कार्यालय बाजुराले दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको बताएको छ । प्रहरी टोली दुर्घटनास्थलतिर गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी देवबहादुर चौधरीले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.