नक्कली नेपाली नोटसहित दुई जना पक्राउ

नक्कली नेपाली नोटसहित दुई जना पक्राउ
सुन्नुहोस्

नुवाकोट : नुवाकोट प्रहरीले नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ।   

जिल्लाको दुप्चेश्वर गाउँपालिका–६ स्थित रामती बजारबाट एक हजार दरका ९३ थान नेपाली नक्कली नोटसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको हो। 

उक्त नक्कली नेपाली नोट दुप्चेश्वर गाउँपालिका–७ बस्ने ४२ वर्षीय नरबहादुर तामाङ र सोही स्थानका भीमबहादुर तामाङले बनाएको भन्ने खुलेको प्रहरी नायव उपरीक्षक विक्रम लामाले जानकारी दिए।  

नक्कली नोटको कारोबार भए–नभएको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यस्तै पक्राउ परेका भीमबहादुर तामाङको घरमा राखिएको थप २४ थान एक हजार दरका नक्कली नोट पनि बरामद भएको प्रहरीले जनाएको छ। यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.