दलाल पुँजीवादविरुद्ध कम्युनिस्टहरू एक भएर लड्नुपर्छ : झलनाथ खनाल
काठमाडौं : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले दलाल पुँजीवादविरुद्ध कम्युनिस्टहरू एक भएर लड्नुपर्ने बताएका छन्। पुष्पलाल श्रेष्ठको स्मृति दिवसको सन्दर्भमा शनिबार काठमाडौंमा निर्वासन नामक पुस्तक लोकार्पण कार्यक्रममा उनले यस्तो बताएका हुन्।
भावनात्मक रूपमा कम्युनिस्ट एकता हुन नसक्ने भन्दै सम्मानित नेता खनालले एकताका लागि मार्क्सवाद लेलिनवादको सिद्धान्तलाई आधार बनाएर एकतामा जुट्नुपर्नेमा जोड दिए। उनले वैज्ञानिक समाजवाद भन्दा अर्को लक्ष्य हुन नसक्ने जिकिर गरे।
सम्मानित नेता खनालले नागरिकता विधेयकमा बाबुको नाम नभए पनि हुने प्रावधानले उत्तरतिरबाट नेपालमा प्रवेश गरेर लामो समय बसोबास गरिरहेका ४० हजार व्यक्तिलाई नागरिकता दिनु रहेको आशंका व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस !