अख्तियारमा भ्रष्टाचारका उजुरीका चाङ, २० हजार स्थानीय तहका

अख्तियारमा भ्रष्टाचारका उजुरीका चाङ, २० हजार स्थानीय तहका
सुन्नुहोस्

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष ०८१/०८२ मा ३७ हजार २६ भ्रष्टाचारका उजुरी परे । तीमध्ये १९ हजार ९ सय ३३ स्थाानीय तहसँग सम्बन्धित छन् । अर्थात् ५३.८४ प्रतिशत उजुरी स्थानीय तहमा भएका अनियमितता, भ्रष्टाचार र बेथितिका छन् । ०८१/०८२ मा आयोगमा २८ हजार ५ सय ९७ उजुरी परेका थिए भने अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ८ हजार ४ सय २९ उजुरी थिए ।

संघीय सरकारसँग सम्बन्धित उजुरी १२ हजार ४ सय ७५ (३३.६९ प्रतिशत) र प्रदेश सरकारसँग सम्बन्धित ४ हजार ६ सय १८ (१२.४७ प्रतिशत) रहेको अख्तियारका प्रवक्ता सहसचिव राजेन्द्रकुमार पौडेलले जानकारी दिए । सबैभन्दा बढी उजुरी आयोगको वेबसाइटबाट प्राप्त भएका छ्न । १०,२४५ उजुरी वेबसाइटबाट परेका थिए । लिखित निवेदनबाट १०,१८०, इमेलमार्फत ८,४८८, हुलाक सेवाबाट ५,५५५ समेत गरी अन्य माध्यमहरू टेलिफोन, भाइबर, फेसबुक, मोबाइल एप, समाचार पत्र, राष्ट्रिय सतर्कता केन्द्र र हेलो सरकारबाट २,५५८ उजुरीहरू प्राप्त भएका थिए ।

आयोगमा प्राप्त भएका ३७,०२६ कुल उजुरीमध्ये छानबिन तथा अनुसन्धानबाट २९,७०३ (८०.२२ प्रतिशत) फछ्र्योट भएका छन् । बाँकी ७,३२३ चालु आवमा जिम्मेवारी सरेर आएका छन् । प्राप्त उजुरीमध्ये ६,७१५ विभिन्न निकायमा आवश्यक कारबाहीका लागि लेख पठाइएको र ५८६ सुझावसहित कार्यान्वयनका लागि लेखी पठाइएको अख्तियारले जनाएको छ ।

१३७ मुद्दा

आर्थिक वर्ष २०८१/८२ मा आयोगबाट ८१ वटा बैंठक बसी १३७ वटा मुद्दा दायर गर्नेसहित जम्मा १,४११ वटा निर्णयहरू भएका छन् । विशेष अदालतमा १३७ वटा आरोपपत्र दायर भएकामा कुल ७५३ जना प्रतिवादी बनाई ५ अर्ब ९७ करोड ७३ लाख ८ हजार ८ सय ३८ रुपैयाँ बिगो मागदाबी लिइएको छ । तीमध्ये घुस/रिसवत ३७, गैरकानुनी लाभ वा हानि ३६, झुट्टा/नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र २७, सार्वजनिक सम्पत्तिको हानि नोक्सानी २३, गैरकानुनी सम्पत्ति आर्जन ८, सम्पत्ति शुद्धीकरण २ र विविध विषयका ४ वटा रहेका छन् । रंगेहात कारबाही २२ वटा भएकामा ३३ जना व्यक्तिहरू नियन्त्रणमा लिई निजहरूबाट ५५ लाख १० हजार रकम बरामद भएको अख्तियारले जनाएको छ ।
  
आयोगबाट विशेष अदालतमा दायर भएका मुद्दाहरूमध्ये २०८१/०८२ मा ३९५ वटा फैसला भएका छन् । प्राप्त फैसलामध्ये विगत आर्थिक वर्षका २७६ वटा र आर्थिक वर्ष २०८१।०८२ का ११९ वटा फैसला रहेका छन् । विशेष अदालतबाट आ.ब. २०८१।०८२ का ११९ वटा फैसलाहरूमा ६७.२३ प्रतिशत मुद्दामा कसुर स्थापित भएको छ । विशेष अदालतबाट पूर्ण पाठसहितको प्राप्त फैसलाहरूमध्ये आर्थिक वर्ष २०८१/८२ मा सर्वोच्च अदालतमा २५१ वटा पुनरावेदन गरिएको र ५ वटा मुद्दाहरू उपर पुनरावलोकन गरिएको छ ।

भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबर्द्धनका लागि आयोगबाट ३ वटा प्रदेशस्तरीय, १३ वटा जिल्लास्तरीय र १४३ वटा पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको अख्तियारका प्रवक्ता पौडेलले जानकारी दिए । २०८०/०८१ मा आयोगको चालु खर्च ६९.२२ प्रतिशत र पुँजीगत खर्च ६७.८३ प्रतिशत रहेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.