माधव नेपाललाई खनालले भने– विद्रोहको औचित्य पुष्टि भएन, यो कार्यकर्ताको कुरा हो
काठमाडौं : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमालेबाट एमालेबाट विद्रोह गरेको औचित्य पुष्टि हुन नसकेको बताएका छन्।
अध्यक्ष माधव नेपालले खुरुक्क राजीनामा दिएर पार्टी छाड्न भनेपछि पत्रकार सम्मेलन गर्दै उनले विद्रोहको औचित्य पुष्टि हुन नसकेको बताएका हुन्।
नेता खनालले एमालेबाट विद्रोह गर्नुको औचित्य पुष्टि नभएको आफूले मात्रै नभनेको बताए। उनले आम कार्यकर्ताले त्यो भन्दै आएको बताए। उनले भने, ‘औचित्य पुष्टि गर्न नसकेको कुरा मैले मात्रै भनेको होइन। आम नेता कार्यकर्ताको कुरा हो। मैले उठाइदिएको मात्रै हो।’
नेता खनालले आफूले नेतृत्वलाई खबरदारी गरेको बताए। तर नेतृत्वले खबरदारी अस्वीकार गरेको बताए।
उनले भने, ‘विद्रोह गरेको गलत भनेको छैन। तर औचित्य पुष्टि गर्न सकेनौँ भने स्वतः गलत हुन्छ। त्यसैले वैचारिक सैद्धान्तिक छलफल गरौँ भनेको हुँ।’
नेता खनालले वामपन्थी एकतामा एमालेको भूमिका महत्त्वपूर्ण हुने बताए।
खनालले एमाले फुटाएर गल्ती भयो भनेपछि अध्यक्ष नेपालले जथाभाबी नबोल्न भन्दै खुरुक्क राजीनामा दिएर पार्टी छाड्न भनेका थिए।
प्रतिक्रिया दिनुहोस !