कालीगण्डकी करिडोर अन्तर्गतको सडक पूर्ण रूपमा सञ्चालनमा

कालीगण्डकी करिडोर अन्तर्गतको सडक पूर्ण रूपमा सञ्चालनमा
सुन्नुहोस्

गुल्मी : आइतबारदेखि लगातार परेको अविरल वर्षाले अवरुद्ध बनेको कालीगण्डकी करिडोर अन्तर्गतको सडक पूर्ण रूपमा सञ्चालनमा आएको छ। 

गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिकाको विभिन्न खण्डमा पहिरो खसेर सडक बन्द भएपछि डोजर लगायतका सामग्रीको प्रयोग गरेर सडकबाट पहिरो हटाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) गंगा बहादुर सारुले बताए।

उनका अनुसार कालीगण्डकी गाउँपालिकाको वडा नम्बर-१ स्थित गरगरे, वडा नम्बर-२ स्थित मुल्क र वडा नम्बर-३ स्थित कनौटा क्षेत्रमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध बनेको थियो। कालीगण्डकी करिडोर अन्तर्गत करिब ८ किलोमिटर सडकखण्डमा तीन ठाउँमा पहिरो खसेको थियो। आइतबार दिउँसो खसेको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध  भएका उक्त सडक सोमबार दिउँसो मात्रै सञ्चालनमा आएको हो। 

मुल्क र कनौटा क्षेत्रमा भने डोजरमार्फत लगातार प्रयास गरिए पनि वर्षाका कारण कठिनाइ भएको बताइएको छ। कार्यालयका अनुसार वर्षासँगै जिल्लाका अन्य भागमा गोठ भत्किएर चौपाया मर्ने घटनासमेत भएका छन्। 

यस वर्षायाममा कालीगण्डकी करिडोर निरन्तर अवरुद्ध हुँदै आएको छ। जसका कारण यात्रुहरूलाई अत्यधिक समस्या भोग्नु परेको छ। करिडोर हुँदै चल्ने सार्वजनिक र स्थानीय सवारी साधनहरू ठप्प बनेका थिए। करिडोर अन्तर्गतको सडक यात्रुहरूको यात्रा असहज र जोखिमपूर्ण बन्ने गरेको छ।

त्यस्तै गुल्मी जिल्लाभित्र पर्ने रिडी–तम्घास र रुद्रवेणी–वामी सडक भने हाल सञ्चालनमा रहेको जिल्ला प्रहरी कार्यालयले गुल्मीले जनाएको छ। आइतबारदेखि परेको अविरल वर्षाका कारण हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै प्रहरी र स्थानीय प्रशासनले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.