विद्यालयका प्रधानाध्यापक मृत भेटिए
नुवाकोट : नुवाकोटको बेलकोटगढी नगरपालिकास्थित एक विद्यालयका प्रधानाध्यापक मृत भेटिएका छन्। बेलकोटगढी नगरपालिका-१२ सातबिसे घर भई बेलकोटगढी १० पोखरीथोकमा रहेको वरदेवी आधारभूत विद्यालयका प्रधानाध्यापक ५६ वर्षीय एकराम सिलवाल मृत भेटिएका हुन्।
आफ्नै घर नजिकै रहेको ढुङ्गा माटोले बनेको जस्ताले छाएको २ तले गोठमा उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
शव त्रिशूली अस्पतालमा पोस्टमार्टम गरेर देवीघाटसित त्रिशूली नदी किनारामा अन्तिम संस्कार गरिएको प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिए।
शिक्षण पेसामा झण्डै तीन दशक बिताएका सिलवालका पत्नी, दुई छोरा र एक छोरी रहेका छन्।
प्रतिक्रिया दिनुहोस !