बागमतीका मेयर भरत थापा भ्रष्टाचार र अकुत सम्पत्ति आर्जनमा दोषी ठहर

बागमतीका मेयर भरत थापा भ्रष्टाचार र अकुत सम्पत्ति आर्जनमा दोषी ठहर
सुन्नुहोस्

काठमाडौं : सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापा भ्रष्टाचार र अकुत सम्पत्ति आर्जनको मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर र सदस्यद्वय मुरारीबाबु श्रेष्ठ तथा विदुर कोइरालाको इजलासले थापालाई दोषी ठहर गरेको हो । विशेष अदालतले नदीजन्य पदार्थ हानिनोक्सानी गरी भ्रष्टाचार गरको मुद्दामा थापासहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, इन्जिनियर सागर पौडेल चौधरीलाई दोषी ठहर गरेको छ ।

मेयर थापा, विमलकुमार पोखरेल र सागर पौडेलले बागमती नगरपालिकाको मूल्य अभिवृद्धि करसहित बिगो ३० करोड २९ लाख ३४ हजार ८९७ को नदीजन्य पदार्थ हानिनोक्सानी गरेको देखिएको पनि फैसलामा उल्लेख छ । उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको ठहर गरिएको छ । 

प्रतिवादीहरू भरतकुमार थापा, विमलकुमार पोखरेल र सागर पौडेललाई ठहर भएको कसुरबापत हुने सजायको हकमा सजाय निर्धारण प्रयोजनार्थ फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ९ बमोजिम सुनुवाइका लागि भदौ २९ मा पेस गर्न आदेश भएको छ । विशेषले उपमेयर लीलाकुमारी मोक्तान, लेखा अधिकृत विश्वराज पोखरेल र जिल्ला समन्वय समितिका संयोजक मेथुर चौधरीलाई सफाइ दिएको सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।

अकुतमा पनि थापा दोषी ठहर
मेयर थापा गैरकानुनी सम्पत्ति आर्जनमा दोषी ठहर भएका छन् । उनलाई एक वर्ष कैद र त्यति नै जरिवाना हुने ठहर अदालतले गरेको छ सो सम्पत्ति र त्यसबाट बढाइएको सम्पत्ति जफत हुने पनि अदालतले आदेश दिएको छ । 

विशेषले थापाको सम्पूर्ण आय र व्यय मूल्यांकन गर्दा उनको आय ९ करोड १४ लाख ३१ हजार रुपैयाँ ९१ पैसा रहेकामा व्यय १२ करोड ५९ लाख ५३ हजार रुपैयाँ १४ पैसा रहेको देखिएको फैसलामा उल्लेख छ । मेयर थापाले ३ करोड ४५ लाख २२ हजार ३८७ रुपैयाँ २३ पैसाबराबरको सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको प्रमाणित भएको फैसलामा 
उल्लेख छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.