पर्यटकीय क्षेत्रको विस्तारमा सामूहिक श्रमदान

पर्यटकीय क्षेत्रको विस्तारमा सामूहिक श्रमदान
सुन्नुहोस्

नुवाकोट : नुवाकोटको पुर्वी भेगमा रहेको पञ्चकन्याको प्रसिद्ध घ्याङस्वाराको विकासमा सामूहिक श्रमदान गरिएको छ। सामूहिक श्रमदानमा एकै दिन तीनसय जनाभन्दा बढिको सहभागिता रहेको थियो। 

‘कोही भन्दा छैन कम–पालिकालाई एकदिन श्रम’ भन्ने मुल नाराका साथ पञ्चकन्या गापा-४ स्थित घ्याङस्वारा पर्यटकीय पार्क तथा खेलकुद मैदानमा शुक्रबार एक दिन सामूहिक श्रमदान गरिएको हो। पञ्चकन्या गाउँपालिका रोजगार सेवा केन्द्रद्वारा ‘शिक्षा, पर्यटन, पूर्वाधार, कृषि क्षेत्रमा लगाऔँ सीप र ज्ञान — समृद्ध पञ्चकन्या निर्माण हाम्रो अभियान’ का साथ आयोजित एक दिने सामूहिक श्रमदानमा तीन सय जनाको सहभागिता रहेको थियो।  

सामूहिक श्रमदानमा जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी, संघसंस्थाका प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा आम सर्वसाधारणको सहभागिता रहेको थियो। सामूहिक जनश्रमदानबाटै विकास र परिवर्तन हुने भएका कारण पञ्चकन्या गापाको यसको अभियान सञ्चालन गरिएको गापा अध्यक्ष तेजबहादुर तामाङ रमेशले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.