दिवंगत पितृको प्रतिमासहित घरघरबाट निकालियो गाईजात्रा

दिवंगत पितृको प्रतिमासहित घरघरबाट निकालियो गाईजात्रा

नुवाकोट :  दिवंगत पितृको प्रतिमा निकालेर नुवाकोटमा गाईजात्रा पर्व सम्पन्न भएको छ। दिवङ्गत व्यक्तिको सम्झनामा नेवार समुदायको घरघरबाट गाईजात्रा निकाल्ने परम्परा रहेको गाईजात्रा नुवाकोटको बट्टार, त्रिशूली, देवीघाट, बेत्रावती, ढिकुरे, अशोकवाटिका, खरानीटार, छहरे, कोलोनी लगायतका स्थानमा मनाइएको छ। 

गाईजात्रामा दिवङ्गत भएका आफन्तको सम्झनामा गाईजात्राका सहभागीलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा रहेको छ। गाईजात्रा पर्वका अवसरमा नुवाकोटका विभिन्न स्थानमा रहेका नेवार समुदायले टोलटोलबाट गाई निकालेर प्रतिमा, झाँकी तथा गाई नाच प्रदर्शन गर्दै गाईजात्रा मनाइएको छ।

जात्राको आकर्षणका रूपमा रहेको गाईको प्रतिमा नाचसँगै हनुमान नाच, जङ्गल नाच र मनोरन्जनात्मक नाच,  बाँदर नाचसमेत टोलटोलमा प्रदर्शन गरिएको छ। यसका साथै विभिन्न स्थानमा लाखे नाच, भैरव नाच लगायत देवीदेवताका नाचसमेत प्रदर्शन गरिएको छ।

कुमार–कुमारी बनाएर घुमाउने तथा जिउँदो गाई मात्रै भए पनि घुमाउने परम्परा रहेको छ। विभिन्न घरबाट निकालिएको जात्रा बजार परिक्रमा गराउने गर्छन्। गाईजात्राको दिन नौ जोर लुगा लगाउनुपर्ने, नौ थरी खाने कुरा खानुपर्ने र नौ पटक टोल घुम्नुपर्ने परम्परा रहि आएको छ। 

हिन्दू धर्मग्रन्थ पद्मपुराणमा उल्लेख भएअनुसार यमलोकको मुख्य ढोका वर्षभरि बन्द रहने र मत्र्यलोक अर्थात् पृथ्वीलोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने एवं मृतात्माहरूले यमलोक प्रवेश पाई मुक्ति पाउने उल्लेख गरिएको नेवार समुदायका बुढापाकाहरूको भनाइ छ। गाईलाई बजार परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाइ वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहेको विदुर नपाका मेयर राजन श्रेष्ठको भनाइ छ।

पुत्र शोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन राजा प्रताप मल्लले ‘जनतालाई आ–आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनु’ भनी आज्ञा दिएपछि गाईजात्रा सुरु भएको ऐतिहासिक मान्यता रहेको छ। घरघरबाट गाईजात्रा निकालेपछि पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रमसमेत गराउने आदेश दिए अनुरूप सो प्रचलन चलेको भन्ने जनविश्वास रहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.