दुई सय विद्यार्थीलाई शैक्षिक सामग्री
नुवाकोट : नुवाकोटमा एकैपटक सयौं विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ। नुवाकोटको सूर्यगढीमा आइतबार आयोजित कार्यक्रममा एकैपटक दुई सय जना विद्यार्थीहरूलाई झोलासहितको शैक्षिक सामग्रीहरू प्रदान गरिएको छ।
कार्यक्रमका बीच संविधान सभा सदस्य जगदीश्वरनरसिंह केसी, सूर्यगढी गाउँपालिका-५ का वडाध्यक्ष अच्युत ढकाल लगायतले विद्यार्थीहरूलाई झोलासहितको शैक्षिक सामग्रीहरू हस्तान्तरण गरेका हुन्।
गाउँपालिकामा रहेका विभिन्न विद्यालयको कक्षा १ देखि कक्षा ५ सम्म अध्ययनरत एक सय ९८ जना विद्यार्थीलाई स्टेशनरी सहितको झोला वितरण गरिएको हो। यसबाट गाउँमा अध्ययनरत गरिरहेका विद्यार्थीहरूलाई अध्ययनमा रुचि जाग्नुका साथै उत्साहित समेत भएको संविधान सभा सदस्य जगदीश्वरनरसिंह केसीले बताए।
प्रतिक्रिया दिनुहोस !