नदी किनारमा सतर्कता अपनाउन माथिल्लो तामाकोशीको आग्रह

नदी किनारमा सतर्कता अपनाउन माथिल्लो तामाकोशीको आग्रह
सुन्नुहोस्

दोलखा : ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले साउन ३१ गते शनिबार जलाशय सफा गर्ने भएको छ। आयोजनाले बिहीबार सार्वजनिक सूचना जारी गर्दै जलाशय सफाइका कारण नदीको बहावमा अस्वाभाविक उतारचढाव आउने भएकाले तामाकोशी नदी किनारमा उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको हो।

दोलखाको विगु गाउँपालिका १ मा रहेको ४५६ मेगावाट क्षमताका माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले श्रावण ३१ गते शनिबार बिहान ५ बजेदेखि राति ८ बजेसम्म जलाशय सफा गर्ने कार्यक्रम रहेको सूचनामा उल्लेख गरिएको छ।

सम्भावित दुर्घटनाबाट बच्नका लागि सो समयमा नदीमा माछा मार्ने  नुहाउने, पौडी खेल्ने, लुगा धुने, वस्तुभाउ लैजाने, गिटी–बालुवा निकाल्ने तथा गाडी तार्ने जस्ता कुनै पनि जोखिमपूर्ण कार्य नगर्न र नगराउन सर्वसाधारणमा अनुरोध समेत गरेको छ। 

लामाबगर, छ्योतछ्योत, गोंगर, जगत, टुनिटार, जामुने, भोर्ले, सिँगटी, नयाँ पुल, किर्ने, खिम्तीसहित सुनकोशी नदीको दोभानसम्म सर्तकता अपनाउन आग्रह गरेको हो। 

नदी किनारमा परम्पराअनुसार गरिने दाहसंस्कार वा अन्य धार्मिक संस्कारका कार्यहरू पनि अत्यन्त सतर्कतापूर्वक र सावधानीका साथ गर्न आयोजनाले आग्रह गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.