नियामकीय लचकताको प्रभाव बैंक नाफामा

नियामकीय लचकताको प्रभाव बैंक नाफामा

काठमाडौं : लामो समय समग्र अर्थतन्त्र चलायमान नभएको भन्दै चौतर्फी प्रभावको गुनासो आएको थियो । तर यतिबेला बैंक तथा वित्तीय संस्थाको गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक वित्तीय विवरणअनुसार भएको कमाइ हेर्दा अर्थतन्त्र चलायमान हुन थालेको बैंकरहरू सुनाउँछन् । 

समग्रमा गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले ७१ अर्ब ५१ करोड १० लाख रुपैयाँबराबरको कुल नाफा गरेका छन् । यो अघिल्लो आर्थिक वर्षको तुलनामा औसत ४३.३९ प्रतिशत (२१ अर्ब ६३ करोड ९० लाख रुपैयाँ) बढी हो । आर्थिक वर्ष २०८०/८१मा समग्र वाणिज्य बैंकहरूको खुद नाफा ४९ अर्ब ८७ करोड १० लाख रुपैयाँ थियो । 

यद्यपि गत आवको यो कमाइ नियामकीय लचकताका कारण सफल भएको बताउँछन्, नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइराला । माछापुछ«े बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका अध्यक्ष कोइराला नेपाल राष्ट्र बैंकको लचकता व्यवस्थासँगै यसबीच अलिअलि लिलामी भएका गैरबैंकिङ सम्पत्तिहरू बिक्री भएकाले पनि बैंकको नाफामा सुधार देखिएको प्रस्याउँछन् । ‘यसबीच बैंकहरूमा निस्क्रिय सम्पत्तिहरू (एनपीए)बिक्री गरेर जम्मा भयो । सरकारले ठेकेदारको पैसा असारमा तिरिदियो । यसपछि नउठेका ऋणहरू उठे । नेपाल राष्ट्र बैंकले २ करोड रुपैयाँभन्दा तलका ऋणहरूलाई पुनर्संरचना गर्न दियो । गत वर्षदेखि कर्जा नोक्सानी व्यवस्था गर्न असल कर्जाको अनुपात झारेर १ प्रतिशतमा ल्याइदिएको थियो,’ उनले अन्नपूर्णसँग भने, ‘नियामकीय रिजर्भ अर्थात् पोर्टफोलियोमा भएकालाई वितरणयोग्य नाफामा फर्काउन सक्ने व्यवस्था गरिदियो । 

यस्ताखालका नियामकीय लचकता र अहिले भएको अलिअलि अर्थतन्त्रको चलायमानका कारणले गर्दा बैंकहरूसँग गैरबैंकिङ सम्पत्तिको सेटलमेन्ट र एनपीए (नन पर्फमिङ एसेस्ट)मा आएको सुधारले गर्दा अहिले बैंकको कमाइ सकारात्मक देखिएको हो ।’ 
यता पूर्वबैंकर पर्शुराम कुँवर भने बैंकहरूको नाफामा भन्दा पनि रिटर्न अन इक्विटी कति छ भन्ने अर्थ राख्ने तर्क गर्छन् । उनका अनुसार खुद नाफा अघिल्लो वर्षको भन्दा बढी देखिए पनि इक्विटीमा प्रतिफल भए अर्थ राख्छ । 

अधिक नाफा कमाउने बैंकमा नबिल, एनआईएमबी र ग्लोबल
समग्रमा गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण केलाउँदा वर्षभर बढी नाफा कमाउने बैंकमा नबिल बैंक अगाडि छ । अघिल्लो वर्ष पनि सोही बैंक अग्र पंक्तिमा थियो । 

गत वर्ष नबिलले ७ अर्ब १२ करोड ८० रुपैयाँ खुद नाफा गर्न सफल भएको छ । अघिल्लो वर्षको तुलनामा बैंकले १५.०१ प्रतिशत नाफा बढाएको हो । उक्त नाफा कमाएको नबिलको वितरणयोग्य नाफा भने ४ अर्ब ७७ करोड ३० लाख रुपैयाँ मात्रै रहेको छ । यसैक्रममा नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सुजितकुमार बैंकको नाफामा सुधार भएपनि अझै आफूहरूले सोचेजस्तो हुन नसकेको बताउँछन् । 
यद्यपि बैंकका मुख्य सूचकहरूको स्थिति सन्तोसजनक रहेको उनले जनाए । 

यसैगरी, बढी नाफा गर्ने दोस्रो स्थानमा रहेका नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ६ अर्ब ७५ करोड ७० लाख रुपैयाँ कमाएको छ । उक्त बैंकको नाफा अघिल्लो आवको भन्दा ६४.४४ प्रतिशतले बढी हो । उक्त नाफा कमाएको यो बैंकको वितरणयोग्य नाफा भने १ अर्ब १० करोड ४० लाख रुपैयाँले ऋणात्मक छ । यसपछि बढी नाफा कमाउने तेस्रो स्थानमा रहेको ग्लोबल आईएमईले गत आवमा ६ अर्ब २० करोड ५० लाख रुपैयाँ कमायो । यो नाफा अघिल्लो आवको भन्दा १.१० प्रतिशत मात्रै बढी हो । तर सो बैंककोे वितरणयोग्य नाफा भने ५ अर्ब ३७ करोड ९० लाख रुपैयाँ रहेको छ । 

यसपछि क्रमश बढी नाफा गर्नेमा प्रभु बैंकले ५ अर्ब ४४ करोड रुपैयाँ गरेको छ । यसबाहेक ५ अर्बभन्दा कम ४ अर्बमाथि नाफा गर्नेमा एभरेस्ट, कृषि विकास, लक्ष्मी सनराइज र प्राइम बैंक रहेका छन् । यसबाहेक ४ अर्बभन्दा कम ३ अर्ब माथी नाफा गर्नेमा राष्ट्रिय वाणिज्य, नेपाल बैंक, सिद्धार्थ, एनएमबि र स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेका छन् । 

त्यस्तै, सानिमा, कुमारी र माछापुछ«े बैंकको नाफा ३ अर्बभन्दा कम २ अर्ब रुपैयाँमाथि रहेको छ । यसबाहेकका बैंकको नाफा २ अर्ब रुपैयाँभन्दा कम छ । यसमा नेपाल एसबीआई, हिमालयन, सिटिजन्स र एनआईसी एसिया बैंक छन् । यसअनुरूप सबैभन्दा कम नाफा कमाउनेमा एनआईसी एसिया बैंक रहेको छ । जसले गत आव १६ करोड २० लाख रुपैयाँ खुद नाफा गरेको छ । 

नाफा वृद्धिदर १६ बैंकको सुधार, ४ बैंकको घट्यो
सञ्चालनमा रहेका धेरै बैंकहरू अर्थात १६ वटा वाणिज्य बैंकहरूले नाफा वृद्धिमा सुधार गरेका छन् । तर ४ बैंकले भने नाफामा फड्को मार्न सकेनन् । गत आवको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार कुमारी बैंकको नाफा वृद्धिदर सबैभन्दा बढी छ ।  

तथापि यसबीच ४ वाणिज्य बैंकहरूको नाफा भने घटेको छ । जसअनुसार स्ट्यान्डर्ड चार्टर्ड बैंक, नेपाल एसबीआई बैंक, सिटिजन्स बैंक इन्टरनेसनल र एनआईसी एसिया बैंक रहेका छन् । यसमध्ये पनि एनआईसी एसिया बैंकको नाफा सबैभन्दा बढी ७६.९७ प्रतिशत घटेको देखिन्छ । 

३ बैंकको निष्क्रिय कर्जा ६ प्रतिशत नाघ्यो
समग्रमा वाणिज्य बैंकमा नाफा बढेको देखिए पनि अझै बैंकहरूको खराब ऋणको भार भने नियन्त्रित हुन सकेको छैन । अघिल्ला वर्षको तुलनामा बर्सेनि खराब कर्जाको आकार बढ्दो छ ।

आव २०८१/८२ को चौथो त्रैमाससम्ममा औसत ४.२२ प्रतिशत पुगेको छ । यद्यपी केही बैंकको नित्रिस्कय कर्जा ७ प्रतिशत माथि गएको अवस्था छ । सबैभन्दा बढी एनपीएल हिमालयन बैंकको ७.२८ प्रतिशत छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.