कसैले रोई कराई गरेर यो सरकार ढल्दैन, स्थिरताको प्रत्याभूति दिलाउँछौं : अर्थमन्त्री पौडेल

कसैले रोई कराई गरेर यो सरकार ढल्दैन, स्थिरताको प्रत्याभूति दिलाउँछौं : अर्थमन्त्री पौडेल
सुन्नुहोस्

तानसेन : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले एमाले र कांग्रेसको गठबन्धन सरकार २०८४ को आम निर्वाचन सम्म पुग्ने बताएका छन्।   पाल्पामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री पौडलले देश विकास, स्थिरता र समृद्धिको तर्फ देशलाई अगाडि बढाउन गठबन्धन सरकार २०८४ को आम निर्वाचन सम्म पुग्ने बताएका हुन्। 

उपप्रधानमन्त्री पौडेलले प्रतिनिधि सभामा प्रतिनिधित्वको अंकगणित अनुसार वर्तमान समीकरण नै स्थिरताको प्रत्याभूति दिलाउन सक्ने सरकार भएको बताए।   कसैले चाहेर, रोई कराई गरेर, नानाथरी बोलेर यो सरकार ढल्ने कुनै वातावरण र अवस्था नरहेको पौडेलले दाबी गरे।    

अर्थमन्त्री पौडलले देश विकासको बाधकको रुपमा तीनवटा प्रमुख अस्थिरताहरू देखापरे पनि तिनीहरू किनारा लागेको बताए।   प्रतिगामी तत्व राजावादीहरु, राजनीतिमा देखापरेको एजेण्डाविहिन खहरेखोला प्रवृत्ति र सत्ता प्राप्तिका लागि प्रमुख प्रतिपक्षीको चलखेल जस्ता प्रवृत्ति समाप्त भएको बताए।   उनले जनतालाई भ्रमित पार्ने र वर्तमान व्यवस्थाको विरोध गर्नेहरुको कुनै भविष्य नभएको दाबी गरे।   

अंग्रेजलाई युद्धमा हराएको खुसियालीमा मनाइने रणउजेश्वरी भगवतीको रथयात्रामा सहभागी हुन उप प्रधान तथा अर्थमन्त्री पौडेल पाल्पा पुगेका हुन्।   


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.