पाँचै वर्ष शासन गर्ने सपना देखेकाहरू दुई ठुला पार्टी मिलेपछि सरकारको आलोचना गर्न थाले : महासचिव पोखरेल

पाँचै वर्ष शासन गर्ने सपना देखेकाहरू दुई ठुला पार्टी मिलेपछि सरकारको आलोचना गर्न थाले  : महासचिव पोखरेल
सुन्नुहोस्

महेन्द्रनगर : नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले ३२ सिटको म्याजिक नम्बरले फेल खाएपछि सरकारको आलोचना गर्नेहरू प्राप्त रहेको बताएका छन्।   सोमबार प्रेस चौतारी कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले पाँचै वर्ष शासन गर्ने सपना देखेकाहरू दुई ठुला पार्टी मिलेपछि सरकारको आलोचना गर्न थालेको बताएका छन्।   

'३२ संख्याले २७५ माथि शासन गर्ने खालको नेपालको गलत लोकतान्त्रिक अभ्यास असफल भएपछि सरकारविरुद्धमा लागेका छन्,' उनले भने,'देशभक्त शक्ति बलियो भएको देख्न मन नपराउनेहरू र लोकतन्त्र तथा गणतन्त्रले केही गर्न सकेन राजतन्त्र युगनै राम्रो थियो भनेर भ्रमपूर्ण प्रचार गर्नेहरूले वर्तमान सरकार मन पराएका छैनन्।'  

महासचिव पोखरेल पपुलिज्मकाे शासन गर्ने सपना देखेकाहरूलाई यो शासन मन नपरेको बताए। उनले एमाले र कांग्रेसले मुलुकको संकटग्रस्त अवस्थामा रहेको अर्थतन्त्र लयमा फर्काएको बताए। उनले सरकारले प्रभावकारी रूपमा काम गरिरहेको बताए।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.