जेलेन्स्कीसँगको भेटअघि ट्रम्पले भने– युक्रेनले क्रिमिया फिर्ता पाउने छैन

जेलेन्स्कीसँगको भेटअघि ट्रम्पले भने– युक्रेनले क्रिमिया फिर्ता पाउने छैन
सुन्नुहोस्

काठमाडौं :  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र युरोपेली नेताहरूसँगको आज भेट गर्दैछन्। 

भेटअघि उनले सामाजिक सञ्जालमा पोष्ट गर्दै रुस र युक्रेनबीच चलिरहेको युद्धबारे आफ्नो अडान स्पष्ट पारेका छन्।

ʻयुक्रेनी राष्ट्रपति जेलेन्स्कीले चाहेमा रुससँगको युद्ध करिब तुरुन्तै समाप्त गर्न सक्छन् वा उनी लडाइँ जारी राख्न सक्छन्,ʼ उनले लेखे।

उनले थपे भने,ʻसम्झनुहोस् यसको सुरुवात कसरी भएको थियो। ओबामाले दिएको क्रिमिया फिर्ता मिल्ने छैनन्। युक्रेन नेटोमा सामेल हुने छैनन्। केही कुराहरू कहिल्यै परिवर्तन हुँदैनन्।ʼ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की सोमबार भेट्ने कार्यक्रम छ। जेलेन्स्कीसँगै बेलायती प्रधानमन्त्री केयर स्टारमर र केही युरोपेली नेताहरू पनि बैठकमा सहभागी हुनेछन्।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.