विद्यादेवी भण्डारीको दाबी : म एमालेको सक्रिय तथा संगठित सदस्य हुँ
विराटनगर : विद्यादेवी भण्डारीले आफू नेकपा एमालेको सक्रिय तथा संगठित सदस्य भएको दाबी गरेकी छन्।
विराटनगर विमानस्थलमा सोमबार पत्रकारसँग कुरा गर्दै उनले पार्टी केन्द्रीय कमिटीको पछिल्लो निर्णयबारे आफूलाई औपचारिक जानकारी नभएको बताइन्।
पार्टीले उनको सदस्यता नवीकरण नगर्ने निर्णय गरेको एमालेले बताएको थियो। भण्डारीले भनिन्,‘म ४५ वर्षदेखि एमालेको संगठित सदस्य हुँ। हिजो पनि म एमाले भएरै राष्ट्रपति निर्वाचित भएकी हुँ र आज पनि त्यहीँ छु।’
भण्डारीले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँगको भेटमा सामान्य छलफल भएको बताइन्। उनले भनिन्,‘उहाँ मोरङकै हुनुहुन्छ। हामी पनि त्यहीँ जन्म–हुर्केका हौँ। भेटलाई ठुलो हाउगुजीको रूपमा लिनु उचित ठान्दिन। देशका समस्याबारे छलफल हुनु राम्रो कुरा हो।’
भण्डारीले वाम एकताको सम्भावना कमजोर भएको बताइन्।
प्रतिक्रिया दिनुहोस !