एमाले मोरङको पार्टी कार्यालय पुगिन् पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

एमाले मोरङको पार्टी कार्यालय पुगिन् पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी
सुन्नुहोस्

विराटनगर : पूर्वराष्ट्रपति एवं नेकपा (एमाले)की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारी मंगलबार दिउँसो एमाले मोरङको पार्टी कार्यालय पुगेकी छन्। 

पार्टी केन्द्रले कुनै पनि कार्यक्रम नराख्न दिएको निर्देशन अवज्ञा गर्दै उनी विराटनगरको पाञ्चालीस्थित पार्टी कार्यालय पुगेकी हुन्। उनले त्यहाँ उपस्थित एमाले कार्यकर्तालाई सम्बोधनसमेत गरिन्। पार्टी कार्यालय पुग्नेबित्तिकै उनले मदन भण्डारी, मनमोहन अधिकारी र पुष्पलाल श्रेष्ठको सालिकमा माल्यार्पण गरेकी छन्। 

एमालेको प्रदेश र केन्द्रीय नेतृत्वले भण्डारी समूहलाई पार्टी कार्यालयमा कुनै कार्यक्रम नराख्न निर्देशन दिएको थियो। पार्टी कार्यालय अवलोकनका लागि भन्दै पुगेकी उनलाई एमाले जिल्ल कमिटी र विराटनगर महानगर कमिटीका नेताहरुले स्वागत गरेका थिए।  जिल्ला र नगरको नेतृत्वमा भण्डारी समूहको वर्चश्व छ। भण्डारी पुग्दा एमाले अध्यक्ष केपी शर्मा ओली अर्थात् संस्थापन पक्षका नेता कार्यकर्ताहरु भने पार्टी कार्यालय गएनन्। 

एमाले संस्थापन पक्षले भण्डारी सहभागी कार्यक्रममा नजानू भनेर कार्यकर्तालाई उर्दी नै जारी गरेको थियो। भण्डारीले कार्यकर्तालाई सम्बोधन गर्दै भूकम्पपछि पहिलोपटक पार्टी कार्यालय आउन पाएको बताइन्। उनी १० वर्षपछि एमाले मोरङको पार्टी कार्यालय पुगेकी हुन्। 

कोशीका मुख्यमन्त्री र मन्त्रीले भेटे पूर्वराष्ट्रपति 

पूर्वराष्ट्रपति भण्डारीलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र मन्त्रीहरुले भेटेका छन्। मुख्यमन्त्री कार्की अरु ४ जना मन्त्रीहरुसहित भण्डारीलाई भेट्न सोमबार राति बिग होटल पुगेका थिए। कार्कीसँगै आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना मगर, आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी, खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्की र सामाजिक विकासमन्त्री पाँचकर्ण राईले सामूहिक रुपमा पूर्वराष्ट्रपतिसँग भेटघाट गरेका थिए। 

तर, मुख्यमन्त्री कार्कीले भने करिब १ घण्टा भण्डारीसँग ‘वान टु वान’ छलफल गरेका थिए। भेटका क्रममा पूर्वराष्ट्रपति भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अपमानित गरेको गुनासो पोखेको मुख्यमन्त्री निकट स्रोतले जनाएको छ। केहीअघि मात्रै सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी भण्डारीलाई एमाले नेतृत्वले सदस्यता नवीकरण नगर्नुका साथै उनको विषयमा छलफलसमेत नगर्न मातहतका कमिटीलाई निर्देशन दिएको थियो। 

तर, भण्डारीले सोमबार नै ओलीप्रति असन्तुष्टि पोख्नु र प्रदेश सरकारको शीर्ष नेतृत्वले उनलाई भेट्न पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। विद्या भण्डारी लामो समयसम्म एमाले अध्यक्ष ओलीकै निकट नेतृको रुपमा परिचित थिइन्। राष्ट्रपति पदमा रहँदा पनि उनले ओलीको राजनीतिक हितअनुरुपकै भूमिका खेलेको आरोप लाग्ने गरेको थियो। तर, पछिल्लो समय उनीहरुबीचको सम्बन्ध चिसिएको देखिन्छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.