नाडा अटो शोमा धमाधम नयाँ सवारी लन्च

नाडा अटो शोमा धमाधम नयाँ सवारी लन्च
तस्बिर : सुनिता डंगोल
सुन्नुहोस्

काठमाडौं : नाडा अटो शो पहिलो दिन मंगलबार विभिन्न ब्रान्डका ५ नयाँ गाडीहरू सार्वजनिक गरिएका छन् । यसअन्तर्गत सुजुकीको ई–भिटारा, बीवाईडी एटो–टु, टाटा टियागो ईभी नयाँ रङमा, नामी नयाँ एसयूभी ‘भिगो’, फोटन जी सेभेन रहेका छन् ।

नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा भृकुटीमण्डपमा भदौ ८ सम्म प्रदर्शन हुने छ । गत वर्ष झंै यो वर्षको प्रदर्शनमा पनि इलेक्ट्रिक भेइकल (ईभी)को बाहुल्यता रहेको छ । 

पहिलो दिन लन्च भएमध्ये एक हो, सुजुकीको एसयूभी ई–भिटारा, जसलाई सुजुकीले पहिलो इलेक्ट्रिकको रूपमा प्रदर्शनमा राखेको छ । सेल्स अफिसर देवराज ढकालका अनुसार यसको ब्याट्री ४१ किलोवाट र ६१ किलोवाट गरी दुई भेरियन्टमा आउनेछ । ५०० किलोमिटरभन्दा बढीको रेन्ज भएको कम्पनीले जनाएको छ । यससँगै उक्त कमपनीले अटो शोमा ब्रेजा, जिम्नी र फ्रन्क्सजस्ता सफल मोडलहरू पनि बिक्री गर्न राखेका छन् ।

मंगलबार लन्च गरिएको अर्को सवारी हो, बीवाईडी एटो–टु । यो चिनियाँ ईभी निर्माता बीवाईडीले यसपटकको अटो शोमा नयाँ कम्प्याक्ट एसयूभी ‘एटो–टु’ ल्याएको छ । यो सावारी डल्फिन र एटो थ्रीको बीचको भेरियन्ट भएको बताइएको छ । जसमा १०० किलोवाटको मोटर र ५१.१३ किलोवाट आवरको ब्लेड ब्याट्री प्याक रहेको कम्पनीले जानकारी दिएको छ । नबिल बैंकसँगको सहकार्यमा ७ वर्षका लागि ८.२५ प्रतिशतको स्थिर ब्याजदरमा कर्जा सुविधा उपलब्ध छ । 

यसैगरी, टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदीले सफारी डिजेल मोडल लन्च गरेको छ । यससँगै, चर्चित ‘टियागो ईभी’लाई नयाँ ‘एरिजोना ब्लु’ रङमा सार्वजनिक गरेको छ । यो सवारीले २०० किलोमिटरको रेन्ज दिने कम्पनीको दाबी छ । त्यसैगरी, कमर्सियल भेइकल सेगमेन्टमा फोटनले जी सेभेन पिकअपलाई प्राथमिकताका साथ सार्वजनिक गरेको छ । यससँग युनिक फिचर पिकअप सेगमेन्टमै पहिलोपटक सनरुफको सुविधा र २२५ एमएमको उच्च ग्राउन्ड क्लेरेन्स रहेको कम्पनीको भनाइ छ ।

नाडा शोमा एमएडब्लू वृद्धि मोटर्सले नामी ब्रान्डअन्तर्गत नयाँ फुल साइज एसयूभी ‘भिगो’ लन्च गरेको छ । यसमा ग्राउन्ड क्लेरेन्स १९० एमएम रहेको छ । ‘हेभेन एन्ड हेल’ टेलगेट, जुन क्याम्पिङका लागि निकै उपयोगी भएको कम्पनीको दाबी छ ।

यससँगै नाडा अटो शोको मुख्य आकर्षण बनेको एमएडब्लूले सार्वजनिक गरेको उड्ने कार हो । यो जीपीएसमार्फत स्वचालित रूपमा सञ्चालन हुने दुई सिट क्षमताको पूर्णतः इलेक्ट्रिक सवारी हो । यसमा ३० देखि ५० किलोमिटरसम्मको रेन्ज क्षमता छ । तर, यो प्रदर्शनमा मात्र राखिएको छ । 

‘गो फर मोर’ भन्ने नारासहित आयोजना गरिएको यस वर्षको अटो शोले नवीनतम प्रविधि, ग्राहक संलग्नता र अटो क्षेत्रको सम्पूर्ण पारिस्थितिकी तन्त्रलाई एकै छानामुनि ल्याउने विश्वास गरिएको छ । उक्त प्रदर्शनी अवधिमा विभिन्न ब्रान्डका नयाँ १५ वटा सवारीहरू प्रदर्शन गरिने जनाइएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.