भन्सार छलेर सुन तस्करी गरेको आरोपमा दुई जनाविरुद्ध मुद्दा दायर
बुटवल : भारतीय सिमानाकाबाट भन्सार छलेर सुन तस्करी गरेको आरोपमा एक भारतीय नागरिकसहित दुई जनाविरुद्ध मुद्दा दायर गरिएको छ। राजस्व अनुसन्धान विभागले राजस्व अनुसन्धान कार्यालय बुटवलमार्फत राजस्व चुहावट सम्बन्धी कसुरमा भारतीय नागरिक कुलदिप सिंह र तिलोत्तमा नगरपालिका– १६ कोटीहवाका राम बहादुर विकविरुद्ध मुद्दा दायर गरिएको हो।
उनीहरुविरुद्ध रुपन्देही जिल्ला अदालतमा राजस्व चुहावट सम्बन्धी मुद्दा दायर गरिएको राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख राजश्व अनुसन्धान अधिकृत विवेक घिमिरेले जानकारी दिए।
उनीहरुले ६१ तोला सुनका गरगहना राजश्वर छलेर नेपाल भित्र्याएको उनले बताए। दुवै जनालाई सजाय र जरिवाना गरी कुल ६२ लाख ७१ हजार २९ रुपैयाँ माग दाबीसहित मुद्दा दायर गरिएको छ।
उनीहरुले एक करोड पाँच लाख आठ हजार चार सय एघार रुपैयाँ बरावरका सुनका गरगहनाहरू अवैध रूपमा कारोबार गरेको घिमिरेले बताए। दुवै प्रतिवादीमाथि २ करोड ६२ लाख ७१ हजार २९ रुपैयाँ बरावरको जरिवाना र सजाय रकम तोकिएको घिमिरेले जानकारी गराए।
प्रतिक्रिया दिनुहोस !