स्वास्थ्य केन्द्र तोडफोड गर्ने युवा पक्राउ

स्वास्थ्य केन्द्र तोडफोड गर्ने युवा पक्राउ
सुन्नुहोस्

स्याङ्जा : आधारभूत स्वास्थ्य चौकी तोडफोड गरेको आरोपमा एकजना पक्राउ परेका  छन्।  २२ वर्षीय रामकिसन गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

पुतलीबजार नगरपालिका -२ स्थित चिरुवामा हालै उदघाटन गरी सञ्चालनमा आएको  स्वास्थ्य केन्द्रका  झ्याल र ढोका तोडफोड गरेको भन्दै प्रहरीले गुरुङलाई पक्राउ गरी अनुसन्धान जारी राखेको जनाएको छ।

आइतबार राति स्वास्थ्य केन्द्रको झ्याल ढोका तोडफोड भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। खबरपाएपछि पुगेको प्रहरीले अनुसन्धानका क्रममा गुरुङको संलग्नता पाएपछि पक्राउ गरेको हो।

सोही वडाका स्थानीय गुरुङलाई पक्राउ गरी आपराधिक उपद्रवको कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ। स्याङ्जा अदालतले १० दिनको म्याद थप गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.