अमेरिकासँगको तनावबिच प्रधानमन्त्री नरेन्द्र मोदी जापान पुगे

अमेरिकासँगको तनावबिच प्रधानमन्त्री नरेन्द्र मोदी जापान पुगे

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार जापानको राजधानी टोकियो पुगेका छन्। प्रधानमन्त्री मोदी दुई देश जापान र चीनको चार दिने भ्रमणमा निस्किएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार र ट्यारिफ नीतिका कारण भारत-अमेरिका सम्बन्ध तनावपूर्ण रहेको बेला प्रधानमन्त्री मोदी जापान र चीन भ्रमणमा निस्केका हुन्।

'भारत र जापानले आफ्नो विकास सहयोगलाई निरन्तर सुदृढ पारिरहेका छन्। म यस भ्रमणको क्रममा प्रधानमन्त्री इशिबा र अन्य नेताहरूलाई भेट्न उत्सुक छु,'जापान पुगेपछि प्रधानमन्त्री मोदीले एक्समा लेखेका छन्,'यसले विद्यमान साझेदारीलाई अझ गहिरो बनाउने र सहयोगका नयाँ मार्गहरू अन्वेषण गर्ने अवसर प्रदान गर्नेछ।'

भ्रमणमा जानुअघि प्रधानमन्त्री मोदीले जापान पछि आफू चीनमा हुने सांघाई सहयोग संगठन (एससीओ) को बैठकमा सहभागी हुनेबारे जानकारी दिएका थिए। त्यहाँ प्रधानमन्त्री मोदीले चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायत धेरै नेताहरूलाई भेट्ने कार्यसूची छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.