राक्से सडक सञ्चालनमा, डहरे खोलामा आएको बाढीले यातायात अवरुद्ध

राक्से सडक सञ्चालनमा, डहरे खोलामा आएको बाढीले यातायात अवरुद्ध
सुन्नुहोस्

गुल्मी : अविरल वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध बनेको गुल्मीको कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ। बिहीबार साँझदेखि परिरहेको वर्षाका कारण कालीगण्डकी गाउँपालिका–२ राक्सेमा पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध बनेको थियो। 

पुर्तिघाट प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक रमबहादुर सारुको नेतृत्वमा खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको हो।

जिल्ला प्रहरी कार्यालय गुल्मीका नायब उपरीक्षक (डिएसपी) गङ्गा बहादुर सारुका अनुसार करिडोरमार्फत अहिले साना–ठुला सबै प्रकारका सवारीसाधन सञ्चालनमा आएका छन्। 

बिहीबार राति रोकिएको राक्से सडक शुक्रबार बिहानदेखि पूर्ण रूपमा सुचारु भएको प्रहरीले जनाएको छ।  

तर, जिल्लाको सत्यवती गाउँपालिका–६ स्थित डहरे खोलामा भने पानीको बहाव बढिरहेको छ। पानीको बहाव तीव्र भइरहेकाले शुक्रबार बिहानदेखि सडकबाट आवतजावत पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। वर्षा भइरहेकाले तत्काल सडक सञ्चालनमा ल्याउने सम्भावना न्यून रहेको डिएसपी सारुको भनाइ छ। 
पानी पर्नासाथ डहरे खोला कालो लेदोसहित आउने भएकाले पनि यो खोला तरेर आवतजावत गर्न यात्रु र सवारीलाई जोखिम रहेको छ। यस खोलामा एक्कासी आउने कालो लेदोसहितको माटोले विभिन्न समयमा साना तथा ठुला सवारी साधन समेत बगाउने गरेको छ। 

यस पटकको वर्षायाममा पटक–पटक डहरे खोलामा सडक अवरुद्ध हुँदै आएको छ। वैकल्पिक मार्ग नहुँदा यात्रु र सवारीसाधन दुवै प्रभावित भएका छन्। प्रहरी प्रशासनले यात्रुहरूलाई यात्रा अघि सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रामा निस्कन आग्रह गरेको छ।  


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.