एससीओ शिखर सम्मेलन : पुटिन र सी जिनपिङको भेटबारे प्रधानमन्त्री मोदीले के भने ?
काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सांघाई सहयोग संगठन (SCO) सम्मेलनमा भाग लिन चीनमा छन्। त्यहाँ उनले चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेका छन्।
प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा भेटघाटका तस्बिरहरू सेयर गर्दै लेखेका छन्, 'तियांजिनमा बैठक जारी छ। SCO शिखर सम्मेलनको क्रममा राष्ट्रपति पुटिन र राष्ट्रपति सीसँग विचार आदानप्रदान भएको छ।'
उनले एक्सपोस्टमा भेटघाटका तस्बिरहरू र आफ्ना अनुभवहरू सार्वजनिक गरेका छन्। प्रधानमन्त्री मोदीले भेटघाटहरूमा व्यापार,ऊर्जा,सुरक्षा र पारस्परिक सहयोगजस्ता धेरै महत्त्वपूर्ण मुद्दाहरूमा छलफल भएको बताएका छन्।
यसअघि आइतबार प्रधानमन्त्री मोदीले माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु,नेपालका प्रधानमन्त्री केपी ओली, इजिप्टका प्रधानमन्त्री मुस्तफा माडबौली, बेलारुसका राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्को, ताजिकिस्तानका राष्ट्रपति इमोमाली रहमन, काजाकिस्तानका राष्ट्रपति तोकायेभ, म्यानमारका वरिष्ठ जनरल मिन आङ ह्लाइङसँग पनि भेटघाट गरेका थिए।
प्रतिक्रिया दिनुहोस !