मोदी–पुटिन द्विपक्षीय वार्तामा युक्रेन युद्धसहित यी मुद्दामा भयो छलफल

मोदी–पुटिन द्विपक्षीय वार्तामा युक्रेन युद्धसहित यी मुद्दामा भयो छलफल
सुन्नुहोस्

काठमाडौं : चीनको तियानजिनमा आयोजित सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग द्विपक्षीय सम्बन्धबारे छलफल गरेका छन्।

छलफलबारे जानकारी दिँदै प्रधानमन्त्री मोदीले इन्स्टाग्राममा लेखे, ʻतियानजिनमा एससीओ शिखर सम्मेलनको क्रममा राष्ट्रपति पुटिनसँग धेरै सकारात्मक भेट भयो। वार्तामा व्यापार, मल, अन्तरिक्ष, सुरक्षा र संस्कृति लगायत सबै क्षेत्रमा द्विपक्षीय सहयोगलाई अझ बलियो बनाउने तरिकाबारे छलफल गरियो।ʼ

प्रधानमन्त्री मोदीले रुसी राष्ट्रपतिसँग युक्रेन युद्धको विषयमा पनि छलफल गरे।

ʻहामीले युक्रेन द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि वार्तासहित क्षेत्रीय र विश्वव्यापी मुद्दामा पनि विचार साझा गर्‍यौँ,ʼ उनले भने।

भारत–रुस सम्बन्धबारे प्रधानमन्त्री मोदीले विशेष र विशेषाधिकार प्राप्त रणनीतिक साझेदारी क्षेत्रीय र विश्वव्यापी स्थिरताको एक महत्त्वपूर्ण स्तम्भ बनेको बताए।

एससीओ सम्मेलनमा भाग लिएपछि प्रधानमन्त्री मोदी र राष्ट्रपति पुटिन एउटै कारमा द्विपक्षीय बैठकका लागि प्रस्थान गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.