प्रधानमन्त्री ओली र रुसी राष्ट्रपति पुटिनबीचको भेटवार्ता सर्यो
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता सरेको छ। पाँच दिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले सोमबार रुसका राष्ट्रपति पुटिनसँग द्विपक्षीय भेटवार्ता गर्न लागेका हुन्।
तर साङ्घाइ सहयोग संगठन (एससीओ)को शिखर सम्मेलन लम्बिएपछि दुई नेताबीचको भेटवार्ता सरेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार भेट दुई घण्टा पछि सरेको छ।
तियानजिनस्थित मेइक्याङ सम्मेलन केन्द्रमा ओली र पुटिनबीच भेट हुने तय भएको छ। उनीहरूबीच करिब आधा घण्टा वार्ता हुने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस !