प्रधानमन्त्री ओली आज चीनबाट स्वदेश फर्कँदै

प्रधानमन्त्री ओली आज चीनबाट स्वदेश फर्कँदै
फाइल तस्बिर ।
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आज चीनबाट स्वदेश फर्कँदैछन्। चिनियाँ राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सांघाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिइ आज स्वदेश फर्कने भएका हुन् । 

उनी बेइजिङमा आज हुने ‘विजय दिवस’ सैन्य परेडमा सहभागी भएर उनी फर्कन लागेका हुन्। प्रधानमन्त्री ओली भदौ १४ गते चीन गएका प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङ र उपराष्टपति हान चङसँग भेटवार्ता गरे। यस्तै, उनले शिखर सम्मेलनलाई सम्बोधन गरेका थिए।
 

सो अवसरमा प्रधानमन्त्री ओलीले शिखर सम्मेलनमा सहभागी रूसका राष्ट्रपति भ्लादिमीर पुटिन, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जु, कम्बोडिया अधिराज्यका प्रधानमन्त्री डा सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोन तथा समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।

भ्रमण दलमा ओलीको धर्मपत्नी श्रीमती राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद छविलाल विश्वकर्मा र उच्चस्तरीय सरकारी अधिकारी सहभागी छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.