मन्डेकाजी काठमाडौं गोर्खाजको गुडविल एम्बेस्डर

मन्डेकाजी काठमाडौं गोर्खाजको गुडविल एम्बेस्डर
सुन्नुहोस्

काठमाडौं : फ्रेन्चाइज क्रिकेट टोली काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि १३औं दक्षिण एसियाली खेलकुद (साग)का दोहोरो स्वर्ण पदक विजेता मण्डेकाजी श्रेष्ठसहित विभिन्न खेलका पाँच खेलाडीलाई ‘गुडविल एम्बेस्डर’ नियुक्त गरेको छ।

गोर्खाजले मन्डेकाजीसँगै फुटबलका विकेश कुथु, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, भलिबलकी पुनम चन्द र तेक्वान्दोकी सीता तामाङलाई गुडविल एम्बेस्डर बनाएको हो।


मन्डेकाजीले १३औं सागमा एकल काता र टिम इभेन्टमा स्वर्ण पदक जितेका थिए। उनी करातेको राष्ट्रिय टोलीका काता प्रशिक्षक पनि हुन्। राष्ट्रिय फुटबल टोलीका गोलरक्षक विकेश कुथुले पनि १३औं सागमा स्वर्ण जितेका थिए। उनी विभागीय टोली त्रिभुवन आर्मी क्लबबाट फुटबल खेलिरहेका छन्। उनी सरस्वती क्लब, जावलाखेल युथ क्लब र मध्यपुर युथ एसोसिएसनका पूर्वखेलाडी पनि हुन्।


ओलम्पियन सन्तोषीले पनि १३औं सागमा १० हजार मिटर दौडमा स्वर्ण जितेकी थिइन्। उनी एथलेटिक्सबाट स्वर्ण पदक जित्ने पहिलो नेपाली महिला खेलाडी पनि हुन्। गत वर्ष पेरिस ओलम्पिकमा सन्तोषीले सहभागिता जनाएकी थिइन्। यस्तै राष्ट्रिय भलिबल टोलीकी सदस्य तथा नेपाल पुलिस क्लबकी खेलाडी पुनम चन्द पोखरा निन्जाजबाट आसन्न एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करण खेल्दैछिन्। यसै वर्ष कोरियन एम्बेस्डर तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी सीता तामाङ छैटौं, सातौं र नवौं बृहत राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जित्न सफल खेलाडी हुन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.