कर्णालीमा हामी बनाउँछौं, हाम्रो विद्यालय अभियान

कर्णालीमा हामी बनाउँछौं, हाम्रो विद्यालय अभियान
सुन्नुहोस्

वीरेन्द्रनगर : कर्णालीमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरका साथै व्यवस्थापनमा सुधार गर्न हामी बनाउछौं, हाम्रो विद्यालय अभियान थालिएको छ। सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ कर्णाली प्रदेश समितिको अगुवाइमा सामुदायिक विद्यालयको शैक्षिक तथा प्रशासनिक सुधारका लागि उक्त अभियान थालिएको हो। 

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ कर्णालीले हामी बनाउँछौं, हाम्रो विद्यालय अभियानअन्तर्गत कर्णाली प्रदेशका १० वटै जिल्लाका सामुदायिक विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूलाई सुर्खेतमा भेला आयोजना गरेको छ। भेलामा प्रदेश सरकार, गाउँपालिका महासंघ, नगरपालिका संघ लगायत अन्य शैक्षिक सरोकारवालाहरूको सहभागितामा कर्णालीको सामुदायिक विद्यालयको शैक्षिक सुधारका सवालहरूका विषयमा छलफल गर्न लागिएको हो। 

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ कर्णाली प्रदेशका अध्यक्ष गोविन्द कोइरालाले हाम्रो परिकल्पना साक्षर कर्णाली, समृद्ध नेपाल रहेको बताउँदै कर्णालीका शैक्षिक सवालहरूका बारेमा छलफल आवश्यक ठानेको बताए। 

उनले भने, ‘सामुदायिक विद्यालय व्यवस्थापन समितिहरूको बैठक बस्नकै लागि समस्या भइरहेको अवस्था छ। कानुनी, आर्थिक, सामाजिक तथा अन्य श्रोत साधनका हिसाबले विद्यालय व्यवस्थापन समितिहरू कमजोर बनाइएको छ। यसले सामुदायिक विद्यालयको गुणस्तर सुधार नभई थप समस्या सिर्जना गर्ने अवस्था आएको छ। यसका विषयमा हामी सबै सरोकारवाला निकायहरू एकै ठाउँमा बसेर छलफल गरी ठोस निचोड निकाल्ने र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने हाम्रो उद्देश्य हो।’

सामुदायिक विद्यालय व्यवस्थापन समितिको प्रदेश स्तरीय कार्यशालालाई उद्घाटन गर्दै कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले विद्यालय व्यवस्थापन समिति सक्रिय नहुँदा विद्यालयको समग्र पक्षको सुधार गर्न नसकिने बताए। उनले भने, ‘हामीले विद्यालयमा १२ कक्षा पास गरेर विदेश जाने त कोहीले सरकारले केही गरेन भनेर गाली गर्ने जनशक्ति उत्पादन गरिरहेका छौँ। यस विषयमा विद्यालय व्यवस्थापन समितिको पनि भूमिका छ। असल संस्कार सहितको शिक्षा, कर्मशील जनशक्ति उत्पादन गर्ने भन्दा पनि खाली अधिकारको पैरवी गर्ने भनेर गैरसरकारी निकायहरूले पनि गाली गर्ने वातावरण बनाइरहेका छन्। हाम्रो समाजलाई सकारात्मक बनाउन र आफ्नै भूमिमा भविष्य देखाउन सबै सरोकारवालाको भूमिका आवश्यक छ।’


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.