विश्व बैंकले ५ वर्षमा २.७ अर्ब डलर उपलब्ध गराउँदै
काठमाडौं : विश्व बैंक समूहले ५ वर्षमा २.७ अर्ब डलरबराबरको रकम नेपालमा उपलब्ध गराउने लक्ष्य राखेको छ। सन् २०२५ देखि २०३१ को बीचमा देश साझेदारी ढाँचाअन्तर्गत पर्यटन र डिजिटल विकाससहित प्रतिस्पर्धात्मकता र लगानी बढाउन व्यावसायिक वातावरण सुधार गर्ने विश्व बैंकले जनाएको छ। अझ यसमा थप राम्रो रोजगारी सिर्जना गर्न यस अवधिमा उक्त रकमबराबरको लगानी गर्ने भएको हो।
दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्ष जोहान्स जुटले शुक्रबार नेपालको पहिलो औपचारिक भ्रमणमा छन्। उनको ५ दिने भ्रमणमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्व पौडेलसँग भेट गरे। यी विभिन्न भेटका क्रममा जुटले विश्व बैंक समूहको नेपालका लागि अहिलेको साझेदारी ढाँचाबारे छलफल गरे। जुन सरकारको १६ औं योजनासँग पूर्ण रूपमा मिल्दोजुल्दो रह्यो। साथै, नेपालका दुई सबैभन्दा महत्वपूर्ण विकास चुनौतीहरूः रोजगारी सिर्जना र विपद् उत्थानशीलतामा केन्द्रित रहेर उनले छलफल गरेका छन्।
दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्ष जुटका अनुसार नेपालमा हरेक वर्ष लगभग ५ लाख युवाहरू काममा सामेल हुँदै गर्दा परिवारहरूलाई गरिबीबाट मुक्त गर्ने र दिगो विकासलाई अगाडि बढाउन रोजगारी सिर्जना गर्ने आवश्यकता पहिले कहिल्यै यति महत्व भएको थिएन।
उनी भन्छन्, ‘हामी सरकार, उद्यमीहरू र अन्य सरोकारवालाहरूसँग मिलेर सुधारहरूलाई समर्थन गर्न र रोजगारी सिर्जना गर्ने वृद्धि गर्ने लगानी ल्याउनमा केन्द्रित छौं।,’ उनले सरकार, निजी क्षेत्र र विकास साझेदारहरूका प्रतिनिधिहरूले कृषि व्यवसाय, पर्यटन, सूचना प्रविधि र अन्य विकास क्षेत्रहरूमा नेपालको उपलब्धिहरूलाई विस्तार गर्न थप सुधारको महत्व र विश्व बैंक समूहले के गर्न सक्छ भन्नेबारे सुन्न पाउँदा खुसी व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस !