सङ्खुवासभाको एक घरमा आगलागी
खाँदबारी : सङ्खुवासभाको मकाल–२ सेदुवामा एक घर जलेर नष्ट भएको छ। आगलागीबाट दुर्गे शेर्पाको घर जलेर नष्ट भएको स्थानीयले बताए।
घरसँगै रहेको अलैँची भट्टीबाट सल्किएको आगोले घर जेलेको प्रहरीले जनाएको छ। आगो नियन्त्रणमा आएपनि घरबाट कुनैपनि सामान निकाल्न नसकिएको स्थानीय कैलाश विष्टले जानकारी दिए।
स्थानीयवासी, प्रहरी र नेपाली सेनाले आगो निभाएका छन्। क्षतिको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !