जेनजी आन्दोलनमा दोलखाका ३ जनाको मृत्यु
दोलखा : जेनजी आन्दोलनमा दोलखाका तीन जनाको मृत्यु भएको छ।
विरोध प्रदर्शनमा दोलखाको बिगु गाउँपालिका–३ का २२ वर्षीय महेश बुढाथोकीको मृत्यु भएको छ। आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर कोटेश्वरमा घाइते भएका उनको बी एण्ड बी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको आफन्तले बताएका छन्।
यस्तै जेनजी आन्दोलनका क्रममा पोखरामा एक घरमा आगो लगाउँदा बैतेश्वर गाउँपालिका–८ फेदीका स्वस्थानी खड्काको जलेर मृत्यु भएको छ। दोलखा घर भएर काठमाडौं बस्दै आएकी स्वस्थनी पोखरा गएको बेला जेनजी प्रदर्शनकारीले आगो लगाएको घरमा फसेकी थिइन्।
यस्तै शैलुङ गाउँपालिका मागापौवाका २२ वर्षीय अभिषेक चौंलागाइको मृत्यु भएको छ। जेनजी आन्दोलनका क्रममा बेपत्ता भएका अभिषेकलाई खोजी गर्ने क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा शव फेला परेको आफन्तले जानकारी दिएका हुन्।
प्रतिक्रिया दिनुहोस !