अन्तरिम सरकारको स्वागत गर्दै भारतले भन्यो– यसले शान्ति र स्थिरतालाई प्रवर्द्धन गर्न मद्दत गर्नेछ

अन्तरिम सरकारको स्वागत गर्दै भारतले भन्यो– यसले शान्ति र स्थिरतालाई प्रवर्द्धन गर्न मद्दत गर्नेछ
सुन्नुहोस्

काठमाडौं : नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतले स्वागत गरेको छ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले शुक्रबार  अन्तरिम सरकारको प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै यसले नेपालमा शान्ति र स्थिरतालाई प्रवर्द्धन गर्न मद्दत गर्ने विश्वास लिएको छ। 

विज्ञप्तिमा भनिएको छ ,“हामी सुशीला कार्कीको नेतृत्वमा नेपालमा नयाँ अन्तरिम सरकार गठनको स्वागत गर्दछौँ। हामीलाई आशा छ कि यसले शान्ति र स्थिरतालाई प्रवर्द्धन गर्न मद्दत गर्नेछ।” 

भारतले नजिकको छिमेकी, लोकतान्त्रिक मित्र र दीर्घकालीन विकास साझेदारको रूपमा दुई देश र जनताको कल्याण र समृद्धिका लागि नेपालसँग मिलेर निरन्तर काम गरिरहने जनाएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.