गैरसंवैधानिक कदमका लागि राष्ट्रपति स्वयमले जिम्मेवारी लिनुपर्छ : नेमकिपा

गैरसंवैधानिक कदमका लागि राष्ट्रपति स्वयमले जिम्मेवारी लिनुपर्छ :  नेमकिपा
फाइल तस्बिर।

भक्तपुर : नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले गैरसंवैधानिक कदमका लागि राष्ट्रपति स्वयंले जिम्मेवारी लिनुपर्ने बताएको छ। 

पार्टी अध्यक्ष नारायणमान बिजुक्छे (रोहित)को अध्यक्षतामा शनिबार पार्टी केन्द्रीय सचिवालयमा बसेको बैठकले देशको वर्तमान राजनीतिक अवस्थाबारे वक्तव्य दिने निर्णय गरेको भन्दै राष्ट्रपतिबाट संविधान बाहिर गएर वर्तमान सरकार बनाएको आरोप लगाएको हो। 

पार्टी सचिव प्रेम सुवालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, शासक दलका नेताहरूको सहमतिमा भदौ २७ गते राष्ट्रपतिले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्ति र प्रतिनिधिसभा विघटनलगायत संवैधानिक दायरा बाहिरबाट निकास दिनु भनेको जनताको भावनाविपरीत हो। अहिलेको संकटका लागि शासक दलहरू पनि इतिहासमा दोषी साबित हुनेछन्।’

पार्टीले ठूला भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण तथा उनीहरूलाई मृत्युदण्डसमेत हुने कानुनी व्यवस्था, नेपालीको सम्पत्तिको सीमाङ्कन र विदेशमा सम्पत्ति राख्न नपाउने, नेपालीलाई योग्यताअनुसार देशभित्र रोजगारी, शिक्षा–स्वास्थ्य उपचार निःशुल्क, व्यक्तित्व विकासमा समान अवसरलगायत बन्दोबस्त हुनुपर्ने विषय उठाउँदै आएको दोहोर्‍याएको छ। 

बहुदलीय व्यवस्था पुनःस्थापनापछिको ३५ वर्षयता संयुक्त वा एकल सरकारमा गएका शासक दलहरूले देश र जनताको निःस्वार्थ रूपमा सेवा नगरेको र भ्रष्टाचार, पक्षपात, भागवन्डालगायत अनियमितता गरेको हुँदा भदौ २३ र २४ गतेको जन–असन्तुष्टि छताछुल्ल भएको पार्टीको दाबी छ। 

त्यसपछि देशमा थप राजनीतिक जटिलता उत्पन्न भएको भन्दै विज्ञप्तिमा अगाडि भनिएको छ, देश र जनताका समस्या समाधानका लागि राष्ट्रपतिबाट समयमा संविधानको संरक्षण तथा पालन भएन र राष्ट्रपतिमा अन्तर्निहित संवैधानिक अधिकार तत्काल प्रयोग गरिएन। समयमै शान्ति सुरक्षा कायम नहुँदा अकल्पनीय जनधनको क्षति भयो। 

‘प्रतिनिधिसभाका सभामुखले संसदमा उठेका विषय कार्यान्वयन गराउन सरकारलाई निर्देशन दिने वा जवाफदेही बनाउनेजस्ता अत्यावश्यक काम गरेनन्, विज्ञप्तिमा भनिएको छ, भदौ २३ र २४ गतेको जटिल अवस्थामा समेत सभामुखबाट सर्वदलीय बैठकको आयोजना भएन। यसकारण इतिहासमा सभामुखसमेत यो सङ्कटको निम्ति दोषी साबित हुनेछन्।’

वर्तमान जटिल राजनीतिक परिस्थितिमा वैदेशिक हस्तक्षेप बढिरहेको यथार्थप्रति सचेत हुँदै अमेरिकी साम्राज्यवाद र भारतीय एकाधिकार पूँजी एवं विस्तारवाद विरोधी संघर्ष चालु राख्न सम्पूर्ण देशभक्त नेपाली जनतामा पार्टीले आह्वान गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.