तरकारीको गाडीभित्र २६२ किलो गाँजा, तीन जना पक्राउ

तरकारीको गाडीभित्र २६२ किलो गाँजा, तीन जना पक्राउ
सुन्नुहोस्

विराटनगर : विराटनगरमा तरकारीको गाडीभित्र ठूलो परिमाणमा गाँजा फेला परेको छ। गाँजाको धन्दामा संलग्न भएको आरोपमा तीन जना पक्राउ परेका छन्। 

इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले विराटनगर महानगरपालिका–१५ पेट्रोल पम्प छेउबाट शनिबार राति करिब ११:३० बजेति २ सय ६२ किलो ५ सय ८० ग्राम गाँजा बरामद गरेको हो। मोरङका प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार आकस्मिक अपरेसनमा खटिएको प्रहरीले मे १ च ५८२६ नम्बरको बोलेरो गाडी रोक्न खोजेको थियो। 

प्रहरीले उत्तरतर्फबाट तीव्र गतिमा आउँदै गर्दा रोकेर चेकजाँच गर्न खोज्दा चालक गाडी लिएर फरार भए। नजिकै सडक किनारमै गाडी छाडेर चालक भागेका थिए। गाडी नियन्त्रणमा लिएर खानतलासी गर्दा माथिल्लो भागमा बन्दकोपीको बोरा देखिए पनि त्यसमुनि ठूलो परिमाणमा गाँजा लुकाएको पाइएको एसपी चिमरियाले बताए।

उनका अनुसार गाडी फेला परेको ठाउँबाटै दुई जना पक्राउ परेका थिए। पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका–५ की २० वर्षीया सञ्जु तामाङ र २२ वर्षीय निखिल घिमिरे रहेका छन्। उनीहरूले प्रारम्भिक सोधपुछमा उक्त गाँजा विराटनगर–१८ का श्यामकुमार यादवको भएको खुलाएका थिए। त्यसपछि प्रहरीले आईसीपी रोड नजिकै पर्खिरहेका यादवलाई समेत पक्राउ गरेको हो। 

नियन्त्रणमा लिइएको गाडी, बरामद भएको गाँजा र पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ। प्रहरीले फरार चालकको खोजी तीव्र पारिएको जनाएको छ। बरामद गाँजा कसरी एवं कहाँबाट संकलन गरेर कता लगिएको हो भन्ने बारेमा पनि अनुसन्धान भइरहेको एसपी चिमरियाले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.