विराटनगरको भाटभटेनीमा जलेको मानव कंकाल फेला

विराटनगरको भाटभटेनीमा जलेको मानव कंकाल फेला
सुन्नुहोस्

विराटनगर : जेनजी आन्दोलनका क्रममा सोमबार दिउँसो विराटनगर महानगरपालिका–६ स्थित भाटभटेनी सुपरमार्केटमा जलेको अवस्थामा मानव कंकाल फेला परेको छ।

मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार दिउँसो २:३० बजेतिर मार्केटको दोस्रो तलामा पूर्ण रूपमा जलेर नचिनिने अवस्थामा हड्डीहरु भेटिएको हुन्। ‘पूरै शरीर नभएर जलेका हड्डी मात्र भेटिएको हो,’ उनले भने। कंकाल पुरुष वा महिला कसको हो भनेर छुट्याउन नसकिएको उनले बताए। 

भाटभटेनीमा गत भदौ २४ गते जेनजी आन्दोलनका नाममा अराजक समूहले आगजनी गर्दै तोडफोड र लुटपाट गरेको थियो। आगलागीका बेला चोरीको प्रयासमा गएका व्यक्तिको जलेर मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। मार्केटको सरसफाइ गर्ने क्रममा कर्मचारीहरूले कंकालहरू फेला पारेर प्रहरीलाई खबर गरेका हुन्। 

घटनास्थलमा पुगेर एसपी चिमरिया नेतृत्वको टोलीले अनुसन्धान सुरु गरेको छ। फेला परेको कंकाल कोशी अस्पतालमा परीक्षणका लागि लगिएको प्रहरीले जनाएको छ। कंकालको पहिचानको प्रयास भइरहेको र अनुसन्धानपछि मात्रै घटनाको वास्तविकता पत्ता लाग्ने एसपी चिमरियाले बताए। 

यसअघि धरानस्थित भाटभटेनीमा पनि ४ जनाको शव भेटिएको थियो। जेनजी आन्दोलनको नाममा विराटनगर, धरान, दमक र बिर्तामोडस्थित भाटभटेनीका शाखाहरूमा आगजनी, लुटपाट र तोडफोड भएको थियो। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.