दोलखामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ घाइते

दोलखामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ घाइते
सुन्नुहोस्

दोलखा : विगु गाउँपालिका-६ आलम्पुमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। ३ जना घाइते भएका छन्। 

वडा नम्बर ६ को कच्ची सडक खण्डमा आलम्पुबाट ढुंगाखानी तर्फ जाँदै गरेको प्रदेश १–०१००१ त ८८७२ नम्बरको खाली ट्याक्टर आफैं अनियन्त्रित हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

दुर्घटनामा विगु गाउँपालिका-६ का ५५ वर्षीय मकर थामीको घटनास्थलमा नै मृत्यु भएको र ३५ वर्षीय कुबेर थामी, ५७ वर्षीय पल बहादुर थामी र १५ वर्षीय आशिष थामी घाइते भएका हुन्।

मृतकको शव घटनास्थलमा नै रहेको र घाइतेहरूलाई उपचारका लागि सिंगटी पठाइएको पनि प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.