असोजमा झन् घट्यो ब्याजदर

असोजमा झन् घट्यो ब्याजदर
सुन्नुहोस्

काठमाडौं : चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो महिना असोजमा बैंकहरूको ब्याजदर औसतमा झनै घटेको छ। बैंकिङ प्रणालीमा निक्षेप मात्रै थुप्रिएको र कर्जाको माग खासै नहुँदा ब्याजदर महिनैपिच्छे घटिरहेको हो। 

वाणिज्य बैंकहरूले मंगलबार सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार सञ्चालनमा रहेका २० वाणिज्यको औसतमा साधारण बचत खाताको न्यूनतम् ब्याजदर २.७५ प्रतिशत र अधिकतम ३.८१ प्रतिशत रहेको छ। यसैगरी व्यक्तिगत मुद्दती निक्षेपको औसत न्यूनतम् ब्याजदर ३.३९ प्रतिशतदेखि अधिकतम ५.४६ प्रतिशतसम्म रहेको नेपाल बैंकर्स संघले जानकारी दिएको छ। 

यसअघि भदौमा औसतमा साधारण बचत खाताको न्यूनतम् ब्याजदर २.७६ प्रतिशत र अधिकतम ३.८४ प्रतिशत रहेको थियो भने व्यक्तिगत मुद्दती निक्षेपको औसत न्यूनतम् ब्याजदर ३.४९ प्रतिशतदेखि अधिकतम ५.५९ प्रतिशतसम्म थियो। 

यसरी गत महिनाको तुलनामा झिनो रूपमा ब्याजदर घटेअनुसार असोज १ गतेदेखि बैंकहरूले नयाँ ब्याजदर लागू गर्ने छन्। एकातर्फ लामो समयदेखि बैंकहरूसँग लगानीयोग्य पूँजी अधिक (तरलता) भएका कारण पनि हरेक महिना बैंकहरूले ब्याजदर घटाउँदै आएको थियो। 

कुन बैंकको ब्याजदर कति ?
नेपाल बैंकर्स संघका अनुसार चालु आवको असोजमा अघिल्लो महिनाको तुलनामा साधारण बचतको ब्याजदर सबै वाणिज्य बैंकले घटाएका छन्। एकै महिनाको अन्तरमा साधारण बचतको ब्याजदर शून्य दशमलव ००२ प्रतिशत विन्दुदेखि शून्य दशमलव ०३३ प्रतिशतसम्म घटाएका छन्। 

एकै महिनाको अन्तरमा व्यक्तिगत निक्षेप (एफडी) ब्याजदर शून्य दशमलव १०९ प्रतिशत विन्दुदेखि शून्य दशमलव १२६ प्रतिशतसम्म घटाएका छन्। यस अनुरूप अधिकांश वाणिज्य बैंकको साधारण बचत खातामा न्यूनतम २.७५ प्रतिशत ब्याजदर कायम गरेका छन् भने व्यक्तिगत निक्षेपमै न्यूनतम्  साढे २.७५ प्रतिशतदेखि अधिकतम साढे ५ प्रतिशतसम्म ब्याजदर कायम गरेका छन्।  

समग्रमा बैंकर्स संघकै तथ्यांकलाई आधार मान्दा व्यक्तिगत मुद्दती निक्षेपमा ९ वाणिज्य बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् भने बाँकी १० वटा वाणिज्य बैंकले स्थिर अर्थात भदौकै ब्याजदर कायम राखेका छन् । तर अधिकांश बैंकले मुद्दती निक्षेपमा ब्याजदर घटाउँदा एउटा स्ट्याण्डर्ड चार्टर्ड बैंकले भने गत महिनाको तुलनामा शून्य  दशमलव ०५० प्रतिशत विन्दुले बढाएर ५.१८ प्रतिशत निर्धारण गरेको छ। 

यद्यपि व्यक्तिगत निक्षेपमा अधिकतम ६ प्रतिशतसम्म ब्याज दिने बैंकहरू पनि छन्। यता साधारण बचतमा भने ब्याजदर बढाउनेमा माछापुच्छ्रे बैंक रहेको छ। असोज महिनाका लागि मुद्दती निक्षेपमा अधिकतम ६ प्रतिशतसम्म ब्याजदर दिने बैंकमा हिमालयन, ग्लोबल, माछापुच्छ्रे, एनआईसी एसिया र एनएमबी बैंक रहेको छ। 

एनआईसी एसिया बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ६ प्रतिशत र संस्थागततर्फ अधिकतम ५ प्रतिशत ब्याजदर कायम गरेको छ। यसैगरी, ग्लोबल आइएमई बैंक  बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागतर्फ ४.२५ प्रतिशत ब्याजदर प्रदान गरेको छ। 

यसैगरी सरकारी स्वामित्वका बैंकहरूले क्रमशः नेपाल बैंक व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर ५.२५ प्रतिशत र संस्थागततर्फ अधिकतम ३.२५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत  र कृषि विकास बैंक  व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ५.०५ प्रतिशत र संस्थागततर्फ ३ प्रतिशत ब्याजदर कायम गरेको छ। 

यसैगरी अन्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा क्रमशः  प्रभु बैंकले अधिकतम ५.३५ प्रतिशत, सिटिजन्स इन्टरनेशनल बैंकले अधिकतम ५.२५ प्रतिशत, एभरेष्ट बैंकले ५.२५, प्राइम कमर्सियल अधिकतम ५.५ प्रतिशत,सानिमा बैंकले अधिकतम ५.२५ प्रतिशत, नेपाल एसबीआई बैंकले ५.१८ प्रतिशत, सिद्धार्थले ५.५, एनएमबी बैंक ६ प्रतिशत, हिमालयन ६ प्रतिशत, माछापुच्छ्रेले ६ प्रतिशत, कुमारी बैंकले ५.०१ र स्ट्याण्डर्ड चाटर्ड बैंकले ५.१८ प्रतिशत ब्याजदर कायम गरेका छन्। यस बाहेक नबिलले ५.५ प्रतिशत  र  नेपाल इन्भेस्टमेन्ट मेगा बैंक  ५.२५ प्रतिशत र  लक्ष्मी सनराइज बैंकले ५.२५ प्रतिशत मुद्दती निक्षेपको अधिकतम ब्याजदर कायम गरेका छन्। 

नयाँ आव सुरु भएपछि लागू हुने मौद्रिक नीतिले ब्याजदर करिडोरको माथिल्लो सीमाका रूपमा रहेको बैंकदरलाई ६.५ प्रतिशतबाट घटाई ६.० प्रतिशत र ब्याजदर करिडरको तलो सीमाका रूपमा रहेको निक्षेप संकलन दरलाई ३.० प्रतिशतबाट घटाई २.७५ प्रतिशत निर्धारण गरियो। 

यसअनुरूप केन्द्रीय बैंकले ब्याजदर करिडोरको सीमा घटाएसँगै निक्षेपको ब्याजदर ०.२५ प्रतिशतसम्म तल जान सक्ने अनुमान गरिएको थियो। यसैक्रममा  नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल शर्मा लामो समयदेखि बैंकिङ प्रणालीमा अधिक तरलता  रहेको र यो स्थिति अझ बढ्ने क्रममा रहेकोले पनि क्रमशः निक्षेपको ब्याजदर घटेको बताउँछन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.