गुल्मीमा अविरल वर्षा : चार सडकखण्ड अवरुद्ध

गुल्मीमा अविरल वर्षा :  चार सडकखण्ड अवरुद्ध
तस्बिर : अन्नपूर्ण

गुल्मी : लगातारको अविरल वर्षाका कारण गुल्मीका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन्। सडकमा पहिरो खसेपछि जिल्लाका चारवटा सडकखण्ड अवरुद्व भएका हुन । 

कालीगण्डकी करिडोरअन्तर्गत कालीगण्डकी गाउँपालिका - २ स्थित राक्से क्षेत्रमा ठूलो पहिरो खसेर बाटो अवरुद्ध भएको छ। त्यस्तै, मदन भण्डारी सडक मार्ग अन्तर्गत रिडी–तम्घास सडकखण्डको रुरु गाउँपालिका - ३  स्थित सल्लेरीमा खसेको पहिरोका कारण यातायात पूर्णरूपमा रोकिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गङ्गा बहादुर सारुले जानकारी दिए।

उनका अनुसार, रुद्रवेणी–वामी सडकखण्डको सत्यवती–४, भिरमा खसेको पहिरोले बाटो बन्द भएको छ। साथै, सोही सडकखण्डकै सत्यवती गाउँपालिका–६, डहरे खोलामा आएको ठूलो पहिरोले पनि सडक पूर्णरूपमा अवरुद्ध भएको छ । यी अवरुद्व भएका चारवटा सडकखण्डमध्ये सबैभन्दा व्यस्त मदन भण्डारी सडक मार्गअन्तर्गत रिडी–तम्घास सडकखण्ड मानिन्छ । 

अहिले रुरु गाउँपालिका - ३ स्थित सल्लेरीमा सडक अवरुद्व भएपनि वैकल्पिक सडकमार्फत सवारी चलिरहेको प्रहरी नायब उपरीक्षक सारुले बताए । उनले सबै सडक खुलाउनको लागि सरोकारवाला, स्थानीय सबैसँग समन्वय सहकार्य गरेपनि निरन्तर परेको वर्षा र जोखिमका कारण सडक खुलाउन कठिनाइ भएको बताए । 

चारवटा सडकखण्ड अवरुद्धसडक अवरुद्ध हुँदा स्थानीयवासी तथा यात्रुहरू दैनिक आवतजावतमा समस्यामा परेका छन्। अहिले यी सडकमा साना तथा ठूला सवारी साधनसमेत चल्न सकेका छैनन्। नेपालीको महान पर्व वडा दशैं तथा दिपावली नजिकिएसँगै यात्रुहरुको पनि चाप बढ्न थालेको छ । 

सडक खुलाउने प्रयास सुरु भएपनि अविरल वर्षाले कार्यमा कठिनाइ थपिरहेको प्रहरीको भनाइ छ। यसैबीच, गुल्मीसहित आसपासका क्षेत्रमा वर्षा रोकिएको छैन, जसले थप पहिरो खस्ने र जोखिम बढ्ने आशंका स्थानीयवासीले व्यक्त गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.