सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। नेपाल सुन- चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य ९०० रुपैयाँले घटेको हो।
अघिल्लो दिन बुधबार तोलाको २ लाख १६ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
यसैगरी सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि घटेको छ। महासंघका अनुसार आज प्रतितोला चाँदी २ हजार ५२० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सोही परिमाणको चाँदी २ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया दिनुहोस !