नेपाललाई २५ हजार मेट्रिक टन चिनी निर्यात गर्न भारतको अनुमति

नेपाललाई २५ हजार मेट्रिक टन चिनी निर्यात गर्न भारतको अनुमति

काठमाडौं : भारतले चाडपर्वलाई लक्षित गर्दै नेपाललाई २५ हजार मेट्रिक टन चिनी निर्यात गर्न अनुमति दिएको छ। भारत सरकारले राष्ट्रिय सहकारी निर्यात लिमिटेडमार्फत नेपाललाई उक्त परिमाणमा चिनी निर्यात गर्ने अनुमति दिएको हो।

भारत सरकारले ३० सेप्टेम्बर २०२६ सम्म चिनी निर्यातका लागि अनुमति दिएको हो। उक्त चिनी साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमार्फत आयात गरिने छ।

चाडपर्वका बेला नेपालमा चिनीको हाहाकार हुँदै आएको छ। चाडपर्वमा चिनीको कमी हुन नदिन भारतले चिनी निर्यात गर्न अनुमति दिएको बताइएको छ।

नेपालमा चिनी उत्पादन भए पनि त्यसले माग धान्न सकेको छैन। नेपालमा उत्पादन हुने चिनीभन्दा दोब्बर माग रहेको विज्ञहरू बताउँछन्। नेपालमा वार्षिक करिब ३ लाख मेट्रिक टन खपत हुँदा करिब डेढ लाख मेट्रिक टन उत्पादन मात्रै नेपालमा हुँदै आएको छ। 

नेपालमा माग धान्नसक्ने उत्पादन नहुँदा चाडपर्वका बेला चिनीको हाहाकार हुँदै आएको छ। भारत सरकारले दसैं-तिहार जस्ता चाडपर्वमा चिनीको कमी हुन नदिन उक्त निर्णय लिएको जानकारी दिएको छ।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.