खाल्डोमा भेटियो पुरुषको शव

खाल्डोमा भेटियो पुरुषको शव
सुन्नुहोस्

विराटनगर : विराटनगरमा पसलमा काम गर्ने मोरङको जहदा गाउँपालिका–५ केवरत टोलका ४५ वर्षीय हरि राय मृत फेला परेका छन् ।
प्रहरीका अनुसार शनिबार बिहान घरनजिकै खाल्डोमा मृत फेला परेका हुन् ।

राय विराटनगरस्थित एउटा कस्मेटिक पसलमा काम गर्थे । प्रायः राति ११ बजेपछि घर पुग्ने गर्थे । तर, शुक्रबार उनी घर नफर्केपछि परिवारले खोजतलास थालेका थिए । शनिबार बिहान करिब ६:२० बजे घर नजिकैको खाल्डोमा पानीमा डुबेको अवस्थामा उनको शव भेटिएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा राय चढ्ने साइकलसमेत भेटिएको छ । प्रहरीको प्रारम्भिक अनुमानअनुसार रातको समयमा साइकल चलाउने क्रममा लडेर करिब दुई फिट गहिरो खाल्डोमा परेपछि उठ्न नसक्दा डुबेर मृत्यु भएको हुनसक्छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर हेमराज ओली नेतृत्वको टोलीले घटनास्थलबाट कानुनी प्रक्रिया पूरा गरेर शवलाई पोस्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पताल पठाएको छ । घटनाको कारणबारे थप अनुसन्धान भइरहेको र अनुसन्धानपछि मृत्युको कारण प्रष्ट हुने प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.