प्रि ओपन सेसनमा साढे ७ अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं : प्रि ओपन सेसनमा नेप्से परिसूचक ७ अंक बढीले वृद्धि भएको छ। सेयर कारोबार साताको दोस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ७.५३ अंकले बढेर २६३१.१५ विन्दुमा पुगेको छ।
अघिल्लो दिन सोमबार सार्वजनिक बिदा परेकाले कारोबार भएन। साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक १११ अंकले बढेको थियो। सो दिन ९ अर्ब माथिको सेयर कारोबार भएको थियो।
आज प्रि ओपन सेसनमा ४७ स्क्रिप्सको ७ हजार ३९६ कित्ता सेयर ३३ लाख १३ हजार ४२६ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये ३१ वटा स्टक्सको मूल्य बढ्दा १५ वटाको घट्यो।
प्रतिक्रिया दिनुहोस !