गुण्डु निवासबाट ओलीले भने- केही व्यक्तिले पहिल्यैदेखि सिंहदरवार जलाउँछु भनेकै थिए (भिडियो)

गुण्डु निवासबाट ओलीले भने- केही व्यक्तिले पहिल्यैदेखि सिंहदरवार जलाउँछु भनेकै थिए (भिडियो)

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई माया गर्नेहरूले सिंहदरबार नजलाएको बताएका छन्। भक्तपुरको गुण्डुस्थित निवासमा नेता-कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सिंहदरबार जलाउँछु भन्नेहरूले नै जलाएको आरोप लगाए।

'सिंहदरबार जलाइयो। कसले जलायो? देशलाई माया गर्ने मान्छेले, इतिहासलाई माया गर्ने मान्छेले सिंहदरबार जलायो होला र? पक्कै जलाएनन्। अरु नै कुनै घुसपैठिया तत्त्वहरूले, जो पहिलेदेखि नै भन्दैथिए त सिंहदरबार जलाउँछु भनेर। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रतिर हमला गरेको थोरैपल्ट त भएन नि? धैरैपटक भइसक्यो,' उनले भने।

अध्यक्ष ओली योजनाबद्ध तरिकाले सिंहदरबारलगायत सरकारी संरचनाहरूमा आगजनी गराएको बताए। उनले साँझ परेपछि उज्यालो हुने भन्दै नेता-कार्यकर्तालाई संयमता अपनाउन आग्रह गरे। 'बादल लाग्यो भन्दैमा बादल हट्दैन भन्ने छैन। साँझ पर्‍यो भन्दैमा भोलि विहान हुन्छ भन्ने कुरा विश्वास गर्नुपर्छ। उज्यालो नहुने कुरा हुँदैन, उज्यालो हुन्छ,' उनले भने।

जेनजी आन्दोलनमा भएको घटनापछि देश बदनाम भएको उनले बताए। भिसा नदिने, काम नदिनेजस्तो अवस्थामा देश पुगेको भन्दै उनले नेपाल इमान्दार मानिसहरूको देश भएको चिनाउनुपर्ने बताए। 

'अहिले भिसा नदिने, काम नदिने अवस्था आइसक्यो। नेपाल एउटा बदनाम अवस्थामा पुगिसक्यो। त्यसबाट हामी जोगाउनुपर्छ। नेपाल इमान्दार र कर्मठ मानिसहरूको देश हो। अत्यन्त जिम्मेवार मानिसहरूको देश हो। सभ्य मानिसहरूको देश हो। सभ्यताको लामो इतिहास बोकेको देश हो। त्यो सभ्यतालाई अगाडि लैजा नयाँ पिँढी तम्तयार भएको देश हो भनेर अगाडि बढ्नुपर्छ,' उनले भने।

देशमा ठूलो क्षति भएकाले यस्ता घटना हुन नदिन संगठित भएर जानुपर्ने उनको भनाइ छ। अध्यक्ष ओलीले नेता-कार्यकर्तालाई हिम्मत र हरेस नखाइकन अगाडि बढ्न निर्देशन दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.