सामागाउँकी २२ वर्षीया छिरिङ डिकीले गरिन् मनास्लु आरोहण
गोरखा : मनास्लु हिमाल रहेको चुमनुब्री- १ सामागाउँकी २२ वर्षीय छिरिङ डिकी लामाले मनास्लु हिमालको सफल आरोहण गरेकी छन् । सोमबार बिहान ६ बजे बेसक्याम्पबाट प्रस्थान गरेकी लामाले मंगलबार बिहान १०:५० बजे मनास्लुको शिखर चुमेकी उनकी दिदी आरोही नाङ्सल छोदेन लामाले जानकारी दिइन् ।
छिरिङले पायोनियर एड्भेञ्चर कम्पनी प्रालिमार्फत् ८,१६३ मिटर अग्लो मनास्लु आरोहण गरेकी हुन् । उनी गाउँघरमै घरायसी काम गरेर बस्ने किशोरी हुन् । उनीसँगै सामागाउँका चारजनाले मनास्लु आरोहण गरेका छन्।
यसअघि सामागाउँका डिकी ल्हामु, मिङ्मार छिरिङ र नाङ्सल छोदेनले मनास्लु आरोहण गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस !