जेनजी आन्दोलनमा काठमाडौंबाट भागेका कैदी स्याङ्जामा पक्राउ
स्याङ्जा : भदौ २४ गते काठमाडौंको केन्द्रीय कारागार जगन्नाथदेवलबाट भागेका बिनोद दर्जीलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको छ।जेनजी आन्दोलनको क्रममा उनी कारागारबाट भागेका थिए।
जबरजस्ती करणी मुद्दाका कैद सजाए भोगिरहेका ३४ वर्षीय दर्जीलाई बिरुवा गाउँपालिकाबाट प्रहरीले नियन्त्रणमा लिएका हुन्। चापाकोट नगरपालिका –४ का दर्जीलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जा र प्रहरी चौकी बिरुवा अर्चलेको संयुक्त टोलीले मंगलबार साँझ बिरुवा –६ धरादीबाट नियन्त्रणमा लिएको हो।
दर्जीलाई आवश्यक प्रक्रिया पूरा गरी कानुनी कारवाहीका लागि जिल्ला कारागार स्याङ्जामा बुझाइएको प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !